प्रदेश २ बाट बरामद गरिएका ३ सय ५३ वटा मोटरसाइकल प्रहरीद्वारा सार्वजनिक

प्रदेश २ बाट बरामद गरिएका ३ सय ५३ वटा मोटरसाइकल प्रहरीद्वारा सार्वजनिक
+
-

वीरगञ्‍ज- प्रदेश नम्बर-२ को आठ जिल्लाबाट पक्राउ र बरामद गरिएका ३ सय ५३ वटा मोटरसाईकल ट्राफिक प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

२ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले पत्रकार सम्मेलन गरी पछिल्लो ३ वर्षमा पर्सा बाराबाट ६१ वटा मोटरसाईकलसहित प्रदेशको ८ वटै जिल्लाहरुबाट ३ सय ५३ वटा मोटरसाईकल पक्राउ तथा बरामद गरिएको जानकारी गराएको हो।

ट्राफिक प्रहरीले बिभिन्न समयमा चेकजाँच गर्ने क्रममा सो परिमाणको मोटरसाईकल पक्राउ गरेको पत्रकार सम्मेलनमा २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

चेकजाँचको क्रममा कागजात नभएको, बेवारिसे अवस्थामा फेला परेको र दुर्घटनामा परी नियन्त्रणमा रहेको मोटरसाईकल पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

लामो समयसम्म ती मोटरसाईकलका धनीहरु सवारी लिन सम्पर्कमा नआएकोले अन्तत पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरिएको बज्राचार्यले जानकारी दिए।

सार्वजनिक गरिएपछि मोटरसाइकलका धनीहरु सम्पर्कमा आउन सक्ने तथा उनीहरुले आफनो सवारी लैजान सक्ने भएकाले पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

सार्बजनिक गरिएका सवारी साधनलाई ३५ दिनभित्र कार्यालयमा सम्पर्क गरेर कागजपध देखाएर प्रक्रिया पुर्‍याई सवारी लग्‍न सकिने प्रहरी उपरीक्षक बज्राचार्यको भनाई छ।३५ दिन भित्र पनि समबन्धित मोटरसाईकल धनीहरु सम्पर्कमा नआई मोटरसाइकल नलगे अन्य प्रक्रिया अपनाईने बज्राचार्यको भनाई थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’