निजी क्षेत्रसँगको सहकार्य विना विकास सम्भव छैनः मुख्यमन्त्री राई

निजी क्षेत्रसँगको सहकार्य विना विकास सम्भव छैनः मुख्यमन्त्री राई
+
-

विर्तामोड-निजी क्षेत्रसँग सहकार्य नगरी विकास सम्भव नभएको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। उनले प्रदेश सरकारले निजी क्षेत्रलाई लगानी आकर्षित गर्न कानुन बनाउन लागेको बताए।

शुक्रबार झापाको विर्तामोडमा विर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले देश विकासको तीन खम्बे अर्थ नीतिमा निजी क्षेत्र प्रमुख भएको बताए। उनले भने, ‘हामी निजी क्षेत्रलाई विना अवरोध काम गर्ने वातावरण निर्माण गर्नका लागि खटिइरहेका छौं। हामी त्यो काम गर्छौं।’

उनले प्रदेश नं १ को विकासका लागि ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। प्रदेश नं १ संग जोडिएका भारत, भुटान तथा बंगलादेशसंग सिधा व्यापारको संभावना रहेको भन्दै ती देशहरुसंग सहकार्य गर्ने प्रदेश सरकारको चाहना रहेको उनले बताए।

उनले भने, ‘हामीले हाम्रो प्रदेशलाई सबै हिसाबले आत्मनिर्भर बनाउनु छ।’विकासका काममा जथाभावी नगर्न पनि स्थानीय जनप्रतिनिधिहरुलाई मुख्यमन्त्री राईले चेतावनी दिए। उनले भने, ‘पहिलाको जथाभावी काम नगर्नुहोस्।अब त्यस्तो काम गर्नेलाई छुट हुँदैन।’

उनले महोत्सवलाई व्यापार तथा मनोरञ्जनको माध्यम मात्र नबनाएर विकासको गति दिने किसिमको संकल्पसमेत गर्न आयोजकलाई सुझाव दिए।

महोत्सवको भव्य उद्घाटन


विर्तामोडमा आयोजित विर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको शुक्रबार भव्य उद्घाटन गरिएको छ।

मुख्यमन्त्री राईले पानसमा द्विप प्रज्जवलन तथा शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरेका थिए। सोही बेला हेलिकप्टरबाट पूष्प बृष्टि गरिएको थियो। उक्त महोत्सव माघ २३ गतेसम्म चल्नेछ।

महोत्सवमा ५ मिनेटको प्याकेजमा हेलिकप्टरबाट बिर्तामोड अवलोकन गर्न सकिने छ। १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइने विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए।

आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादेवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज बनाएको छ। एक पटकमा ६ जना चढ्न मिल्ने हेलिकप्टर आउने बताइएको छ। हेलिकप्टर महोत्सव अवधिभर रहनेछ।

महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए। महोत्सव उद्घाटनमा विभिन्न जातिका झाँकी प्रस्तुत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?