हवाई भाडामा प्रदेश सरकारको सहुलियत

हवाई भाडामा प्रदेश सरकारको सहुलियत
+
-

सुर्खेत– कर्णालीका विकट जिल्लाका नागरिकलाई हवाई सहुलियत दिइने भएको छ । कर्णाली प्रदेश सरकारले हुम्ला र डोल्पाका नागरिकलाई हवाई टिकटमा सहुलियत दिने भएको हो । कर्णाली प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहुचबाट टाढा रहेका जिल्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई सहुलियत दिने भएको हो ।

कर्णाली प्रदेश सरकारले एक करोड वजेट चालु आर्थिक वर्षका लागि विनियोजन गरेको छ । कर्णाली प्रदेशका यातायातले छुन नसकेका जिल्लाका बासिन्दालाई आवत–जावतमा टिकट सहुलियत गर्ने उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर देखि हुम्ला र डोल्पा तथा हुम्ला र डोल्पा देखि नेपालगञ्ज र सुर्खेत बिमानस्थलसम्म हवाइ यातायात गर्ने यात्रुहरुलाई भाडामा सहुलियत पाउनेछन् । डोल्पा र हुम्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ प्रति टिकट एक हजारका दरले सहुलिएत प्रदान गरिने मन्त्री बुढाले बताए ।

हवाइ सेवा लिएका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकले डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतवाट प्राप्त गर्न सक्नेछन् । उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले डोल्पा र हुम्ला वाट नेपालगन्ज र सुर्खेतमा आउनेहरुका लागी प्रदेश वन निर्देशनालय सुर्खेतमार्फत भुक्तानी दिइने बताए।

पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ सेवा लिन सहज होस भनेर मन्त्रालयले हुम्ला र डोल्पामा डिभिजन वन कार्यालयबाट एक जना कर्मचारीलाई विमानस्थलमा खटाउने छ । हवाई यातायात सहुलियतका लागि डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतलाई पेश्की स्वरुप १०÷१० लाख रुपैयाँ दिइएको छ । ‘पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकरुका लागी हवाई यातायातमा सहुलियत सम्बन्धी कार्यविधि–२०७५’ जारी भएसँगै हुम्ला र डोल्पाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकले वापत प्रति टिकट एक हजार पाउने भएका छन ।

हवाई सेवा लिने नागरिकहरुले नागरिकताको प्रतिलिपि, परिचयपत्र र टिकटको फोटोकपी वुझाउनुपर्नेछ । निमार्ण गरिएको कार्यविधि अनुसार कर्णालीमा रहेका ६० वर्ष भन्दा माथीकाले जेष्ठ नागरिकहरुले यो सेवा प्राप्त गर्न सक्नेछन् । कर्णालीको हवाई यातायातलाई सहज वनाउन तथा विमानस्थलहरुमा नियमित उडान गर्नका लागी सरकारले हवाई इन्धनमा सहुलियत दिनका लागी एक करोड रुपैयाँ विनियोजन गरिएको सचिव प्रधानले बताए । यसका लागी प्रदेश भित्रका विमानस्थलमा उडान गर्ने हवाईसेवा प्रदायक संस्थासँग आवश्यक छलफल तथा समन्वय भैरहेको उनले जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’