‘केही सडकमा उत्रिँदैमा आत्तिनु पर्दैन’

डा. केसी सम्बन्धी प्रश्नको सीधा जवाफ प्रधानमन्त्रीले दिएनन्

डा. केसी सम्बन्धी प्रश्नको सीधा जवाफ प्रधानमन्त्रीले दिएनन्
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा संविधान भन्दा माथि कोही पनि नहुने बताएका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा भएको सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै लोकतन्त्रमा सबै समस्याको समाधान संवाद र संविधानको मातहतमा रहेर खोजिनु पर्ने बताएका छन् ।

डा. गोविन्द केसीसँग आफ्नै नेतृत्वको सरकारले गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको बारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिएनन् । ओलीले अनशनरत डा. केसी र उनीसँग भएको सहमति तथा संसदबाट शुक्रबार पारित भएको विधेयकबारे पत्रकारले बारम्बार प्रश्न गर्दा पनि जवाफ दिएनन् ।

डा. केसीसँग सम्बन्धित प्रश्नको सीधा जवाफ नदिएका प्रधानमन्त्री ओलीले भने, ‘म भर्खरै आउँदैछु, यताको कुरा राम्ररी बुझ्नु पर्छ । तर्क र तथ्यमा आधारित हुनुपर्छ ।’

उनले अघि भने, ‘संवाद गर्नु छ वा संवादबाट समाधान गर्नु पर्छ । उत्तेजना र आवेशमा आउने होइन । देशको हितमा काम गर्नु पर्छ । संविधान भन्दा माथि कोही पनि हुन सक्दैन । त्यसको मर्यादा राख्नु पर्छ ।’ उनको यो भनाई डा. गोविन्द केसीप्रति लक्षित थियो ।

डा. केसीबारे फेरि गरिएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा तपाईँहरुले चिन्ता लिनु पर्दैन । लोकतन्त्र हो र तीन करोड जनता छन् । केही सडकमा उत्रिँदैमा या यस्ता खालका विवाद हुँदैमा आत्तिनु पर्दैन ।’

संसदले विधेयक पारित गरेसँग डा. केसी र सरकारबिच सहमतिको सम्भावना तत्काल देखिएको छैन । डा. केसी १६ औँ पटकको अनशनमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?