
झापा – झापाको भद्रपुरमा एकजनाका हत्या भएको छ । भद्रपुर–९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापक कमल सिंह दुगडको शुक्रबार राति हत्या भएको हो ।
अन्दाजी ६५ वर्षका भारतीय नागरिक दुगडको उनकै क्वाटरमा नचिनेका मानिसको समूहले हातखुट्टा बाँधेर घाँटी थिची मुखमा सिरानी कोचेर हत्या भएको अवस्था शव भेटिएको झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
भारतको विशाखापट्नमका दुगड गएको दुई वर्षदेखि मनसा सिमेन्ट उद्योगमा कार्यरत थिए । उनी शनिबार घर फर्किने तयारमिा थिए ।
शनिबार बिहान ड्राइभर उनलाई लिन आउँदा नउठेपछि ढोका फोरेर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पक्राउ परेका छैनन् र उनीहरुको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताएका छन् । घटनास्थलमा अहिले प्रहरीले घेराबन्दी गरेको छ ।