बिहारबाट वीरगञ्ज आएका सहरुम मिँयाको कमाई दिनको चार हजार!

बिहारबाट वीरगञ्ज आएका सहरुम मिँयाको कमाई दिनको चार हजार!
+
-

वीरगञ्ज – आधुनिक युगमा प्रविधिको विकाससँगै हरेक काम गर्न मेसिनको प्रयोग भइरहेको छ । त्यही मेसिनको प्रयोगबाट मानिसको जीवनयापन पनि सहज भएको छ । मेसेनरी उपकरणकै प्रयोगबाट धेरैले राम्रो कमाई पनि गरिरहेका छन् ।

तीनै मध्येका एक हुन्, सहरुम मिँया धुनिया । त्यसो त उनी भारतीय नागरिक हुन् उनको घर भारत बिहार राज्यको पुर्वीचम्पमरण जिल्ला पचभिडिया गाउँमा हो तर अहिले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुर बजारमा डेरा गरि बस्दै आएका छन् ।

उनले मेसिनबाट पूराना कपडाहरुको धुलाई गरी रुई बनाएर लोभ लाग्दो आम्दानी गरिरहेका छन् । गाउँ गाउँमा उनी मेसिन लगेर जान्छन् र पुराना कपडा धुलाई गर्नेहरुको भीड बढ्छ । धुनियाले यो कामबाट दैनिक तीन देखि चार हजार आम्दानी भइरहेको बताए ।

धुनियाले यो मेसिन भारतबाटै लिएर आएका हुन् । उनी दैनिक बिहानदेखि बेलुकासम्म गाउँ गाउँमा मेसिन लगेर जान्छन् । उनले स्थानीयको घरमा भएका र कामै नलाग्ने पुराना कपडाहरु पेलेर रुई बनाउने मात्रै होइन त्यसै रुईबाट जाडो छल्ने सिरक र डसना समेत बनाउँछन् ।

पुराना कपडाहरुको सदुपयोग भएपछि स्थानीय बासिन्दाहरुले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको उनले सुनाए । धुनियाले यो कामका लागि चार जनालाई रोजगारी समेत दिएका छन् । उनले थोत्रा कपडा मेसिनमा पेलेर रुई बनाएवापत प्रतीकिलो रु.३० र सिलाई वापत रु.५०० लिने गरेका छन् । सिरक र डसनाका लागि आवश्यक पर्ने कपडा पनि उनले बेच्ने गरेका छन् ।

यो कामका लागि मेसिन र कामदार भारतबाटै लिएर आएका धुनियाले ट्याक्टर भने नेपालबाटै भाडामा लिएका छन् । प्रतिमहिना २५ हजार तिरेर ट्याक्टर भाडामा लिएको उनले बताए । ‘उताबाट ट्याक्टर लिएर आए भन्सारको झन्झट हुन्छ,’ धुनियाले भने, ‘नेपालबाटै भाडामा ट्याक्टर लिएर काम गर्दै आएको छु ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’