चिकित्सकहरु आन्दोलित, सोमबारदेखि रिले अनशन सुरु गर्ने

‘सरकार र सांसदहरु केही व्‍यक्तिको लागि सति गइसके, अब आन्दोलनको विकल्प छैन’

‘सरकार र सांसदहरु केही व्‍यक्तिको लागि सति गइसके, अब आन्दोलनको विकल्प छैन’
+
-

काठमाडौं- आइतबार दिउँसो महाराजगञ्‍जमा सेतो कोट लगाएका मेडिकल डाक्टरहरु। हातमा सुइ र स्टेथेस्कोप लिनुको साटो गोविन्द केसी बचाउ अभियानको ब्‍यानर, प्लेकार्डहरु बोकेका थिए र एक साथ नारा लगाइरहेका थिए, ‘आज अनसनको १९ औँ दिन सरकार किन अझै मौन, मार्सी चामलको भातसँग ऐन साट्न पाइदैन, संसदको घडीमा माफियाको ब्‍याट्री, मेडिकल माफिया होसियार!!’

उनीहरु ती नारा र प्लेकार्डहरु त्‍यसै बोकेका थिएनन्, किनकि चिकित्सा क्षेत्रको सुधारका लागि १९ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि सडकमा उत्रिनु बाध्‍यता बनिसकेको थियो।

सेतो कोट लगाएर अभिएका डाक्टरहरुले नेपाल चिकित्सक संघको सहकार्यमा सरकारप्रति आक्रोश पोखिरहेका थिए, उपत्यकाका चिकित्सकहरुलाई शिक्षण अस्पताल महाराजगञ्जमा भेला गराएर।

यसअघि पनि डाक्टरहरुले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो। सरकारले उनीहरुको अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै उनीहरु आइतबार डा. केसी अनसन बसेकै ठाउँमा उनलाई समर्थन गर्दै नारावाजी गर्न विवश थिए।

किनकि डा. केसीले माग गरेका कुरा उनका मात्र नभएर समस्त नेपालीकै भएको प्रदर्शनमा उत्रिएका डाक्टरहरुले  भनिरहेका थिए। प्रतिनिधि सभाबाट विरोधका बीच पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफू अनुकुल सरकारले तोडमोड गरी पास गरेको उनीहरुको आरोप थियो।

केसीका समसर्थनमा अब प्रदर्शनमा मात्र सीमित नभई सोमबारदेखि रिले अनशन नै शुरु गर्ने नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सबैलाई आग्रह गरिहरेका थिए। उनी भन्दै थिए, ‘भोलि सोमबार कोही पनि डाक्टरहरु कुनै पनि बाहाना बनाएर नपन्छनु होला। जागिर जाने डर नराख्‍नुहोला। हामी सबै मिलेर  रिले अनशन सुरु गर्दैछौँ। यो सत्तामा बसेका सरकार र सांसदहरु केही व्‍यक्तिसँग सति गइसके। डा.केसीको माग बेवास्ता गरिसके। अब सडकबाटै संघर्ष गरेर दुइ तिहाइको दम्भ देखाउने सरकारलाई झुकाउनुपर्छ। सत्याग्रहको अर्थ बुझाउनुपर्छ। भोलि १० बजे आउनुहोला सबैजना।’

यस्तै डा. केसीको माग पूरा नभए जुनसुकै मूल्‍य चुकाएर सरकारलाई लडाएरै र सत्ताका सांसदहरुलाई झुकाएरै छोड्ने डा. केसीका समर्थक डा. सुमित पाण्डे चेतावनी दिए। डा. केसीका माग पूरा गर्नका लागि नेपाल चिकित्सक संघलाई गति बढाउनसमेत उनले आग्रह गरे।

डा. केसीसँग १५ औँ अनसनका समयमा सरकारले गरेका प्रतिवद्धताप्रति मुख मोडेकाले सरकार प्रति विश्वास गुमेको डा. केसीका समर्थक अर्का डा. सिदार्थ भण्डारीले बताए। अहिलेसम्म पनि सरकारका तर्फबाट प्रतिनिधित्व गर्दै डा. केसीसँग भेट गर्न कोही पनि नपुगेको डा. भण्डारीले दावी गरे।

सरकारले भने आफूले गरेका वाचा पूरा गर्न नसक्ने र ती गरेका वाचालाई तोड्दै जाने हो भने डा. केसीको अनसन कहिल्यै पनि नसकिने संघले बताएको छ । तर सरकारले डा. केसीको ९५ प्रतिशत माग पूरा गरिसकेको दावी गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?