अरुको नाममा मोटरसाइकल ट्रायल दिने र दिन लगाउने व्‍यक्ति पक्राउ

+
-

वीरगञ्‍ज- अरुको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिने नक्‍कली परीक्षार्थी र ट्रायल दिन लगाउने व्‍यक्ति पक्राउ परेका छन्।

वीरगञ्‍जको परसौनीस्थित ट्रायल सेन्टरमा अरुको नाममा मोटरसाइकलको ट्रायल दिने हेटौडा उपमहानगरपालिका वडा न ९ बस्ने दोसेप सापकोटालाई नारायणी यातायात व्यवस्था कार्यलय वीरगञ्जले पक्राउ गरेको हो।

सापकोटासहित उनलाई ट्रायल परीक्षा दिन लगाउने हेटौडाकै ज्योति डंगोललाई पनि कार्यालयले पक्राउ गरेको छ।

मोटरसाईकलको रिट्रायल परीक्षा दिनेक्रममा प्रवेश पत्र चेकजाँच गर्दा शंका लागेर सोधपुछ गर्दा उनीहरु दुवै जनालाई पक्राउ गरिएको नारायणी यातायात ब्यावस्था कार्यालय बिरगञ्जले जानकारी दिएको छ।

नक्कली परीक्षार्थी सापकोटा र रिट्रायल दिन लगाएको डँगोललाई नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको छ।पछिल्लो समय मोटरसाईकलको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थीहरु बढ्‍दै गएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?