भारत लैजाँदै गरेक डेढ क्विन्टल कालो मरिच शसस्त्र प्रहरीद्वारा बरामद

भारत लैजाँदै गरेक डेढ क्विन्टल कालो मरिच शसस्त्र प्रहरीद्वारा बरामद
+
-

वीरगञ्‍ज- सशस्त्र प्रहरीले वीरगञ्जबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा डेढ क्विन्टल अवैध बरामद गरेको छ।

सशस्त्र प्रहरीको टोली बीरगञ्ज महानगरपालिका छपकैयाबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त पपिरमाणको अबैध कालो मरिच बरामद गरेको हो।

बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्ल नेतृत्वको टोलीले ६ वटा बोरामा रहेको डेढ क्विन्टल कालो मरिच बरामद गरेको हो। बरामद गरिएको मरिचको बजार मुल्य १ लाख पर्ने सशस्त्र प्रहरीले जनाएको छ।

नेपालमा तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुदै आउँने मरिच पुन: भारततर्फ नै तस्करी हुदै आएको छ।मसालाको प्रयोग गरिने कालो मरिचको मुल्य भारतमा नेपालको भन्दा दोब्बर पर्ने गरेको छ।

यसैगरी भारत रक्सौलबाट राजश्व छलेर वीरगञ्ज भित्रयाईरहेको कार्पेट पनि बरामद गरेको छ।रक्सौलबाट लुकाई छिपाई बिरगञ्ज ल्याउदै गरेको अवस्थामा करिब १ लाख मुल्य बराबरको अबैध कार्पेट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका कालो मरिच र कार्पेटलाई आवश्यक कारवाहीको लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी पर्साले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?