भन्सार छलेर ल्‍याउँदै अवैध केराउ प्रहरीद्वारा बरामद

भन्सार छलेर ल्‍याउँदै अवैध केराउ प्रहरीद्वारा बरामद
+
-

वीरगञ्ज–  प्रहरीले दुई वटा मोटरसाईकलसहित तीन क्विन्टल अवैध केराउ बरामद गरेको छ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्वर १७ अलौमा भारतबाट भन्सार छलेर ल्याउदै गरेको १० वटा बोरामा रहेको उक्त परिमाणको अवैध केराउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले ना ५ प ३४६५ र बि आर २२ जे १२४३ नम्बरको भारतीय माटरसाईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा केराउ बरामद गरेको हो।

यसैगरी प्रहरीले भन्सार छलेर ल्याउदै गरेको अवैध समान बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका ३ शिक्षा कार्यालय अगाडिबाट गाडीको बैरीङ ३४ पिस, फलामको हथौडा४५ पिस, फलामको स्केल ९ प्याकेट, बेल्ट ६ दर्जन, चपरा २ झोला, पल्सर औजार ७ पिस बरामद गरेको छ।

यस्तै पर्साको जिराभवानी गाउपालिका वडा नम्बर १ बाट २ वटा साईकलमा लोड गरी ल्याउदै गरेको ३० थान ब्लयाङकेट पनि बरामद गरेको छ। बरामद गरिएको मोटरसाईकसहित केराउ र सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’