‘डा. केसीले चिकित्सा शिक्षा विधेयकको स्वामित्व लिनुको विकल्प छैन’

‘डा. केसीले चिकित्सा शिक्षा विधेयकको स्वामित्व लिनुको विकल्प छैन’
+
-

काठमाडौँ – डा. गोविन्द केसीले सकारले आफुसँग गरेको सम्झौता अनुरुप संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नभएको भन्दै अनशन लम्बाइरहेका बेला उक्त विधेयकका प्रस्तावक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले डा. केसीसँग आफ्नो मात्रै नभई सबै सरकारले गरेका सहमति अनुरुप विधेयक आएको दावी गरेका छन्। र, त्यसको स्वामित्व डा. केसीले लिनुको विकल्प नभएको मन्त्री पोखरेलले बताएका छन्।

डा. केसीको अनशनले २२ दिन काट्दा उनीसँग सरकारले गत साउन १० गते गरेको सम्झौता र विधेयकको व्यवस्थाबारे देश संचारसँगको कुराकानीमा मन्त्री पोखरेलले डा. केसीका कारण चिकित्सा शिक्षा विधेयकले उत्कृष्ट रुप पाएको र त्यो कार्यान्वयन भएमा नेपाली चिकित्सा शिक्षा क्षेत्र गुणस्तरीय बन्नेमा कुनै शंका नभएको दावी गरेका छन्।

मन्त्री पोखरेलले सांसदको स्वतन्त्रता र अधिकारको समेत सम्मान गर्दै विधेयक आएकाले डा. केसी र सरकारबीचको सम्झौताका एकाध सहमतिको भावना नसमेटिएको भएपनि यसको स्वामित्व डा. केसीले नै लिनु पर्ने बताएका हुन्।

डा. केसीको अनशनपछि उपलब्धीपूर्ण मानिएको माथेमा कार्यदलको प्रतिवेदनको भावना विधेयकमा समेटिएको भएपनि मन्त्री पोखरेलले विगतमा जस्तै जनतालाई भ्रममा राख्ने र अन्यौलता सिर्जना गर्न खोजिएको बताए।

निजी चिकित्सा शिक्षा क्षेत्रलाई कठोर नियमन र सरकारी मेडिकल कलेजलाई विस्तार गर्ने उद्देश्य सहित आएको विधेयक रोक्ने प्रयास भन्दा डा. केसीले अनशन तोडेर विधेयक कार्यन्वयमा दवाव दिन आवश्यक रहेको उनको भनाई छ ।

मन्त्री पोखरेलको विस्तृत भिडियो अन्तवार्ता बिहीबार प्रस्तुत गरिने छ । जहाँ उनले विधेयकमा व्यवस्था भएका कतिपय विषय आफैलाई पनि चित्त नबुझेको खुलाएका छन्। तर संसदीय सर्वोच्चताको ख्याल गर्नु आफ्नो कर्तव्य ठानेका छन् उनले ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?