सशस्त्र एसपी, बारा प्रजिअसहितको जिप दुर्घटनामा चालकलाई ज्यान मुद्दा

सशस्त्र एसपी, बारा प्रजिअसहितको जिप दुर्घटनामा चालकलाई ज्यान मुद्दा
+
-

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय बाराका सवारी चालक जगतनारायण कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार नियन्त्रणमा लिएको छ। उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ।

माघ १२ गते भएको सवारी दुर्घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरीले चालक कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक रञ्जितसिँह राठौरले जानकारी दिए। दुर्घटनामा बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका थिए।

निजगढबाट पिकनिकमा सहभागी भएर फर्किने क्रममा उनीहरु सवार ना १ झ १६३३ नम्बरको सरकारी गाडी सिमरा पसाहा पुल नजिकै रोकिराखेको ट्र्याक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको थियो।

चालक कुर्मीलाई शुक्रबार नै जिल्ला अदालत बारामा पेश गरी सवारी ज्यान मुदा दर्ता गरेर अनुसन्धान अगाडि बढाइने प्रहरी नायब उपरीक्षक  राठौरले जानकारी दिए।

‘सवारी दुर्घटनामा कसैको ज्यान गएमा सवारी ज्यान मुद्दा सवारी चालकमाथि नै दर्ता हुन्छ,’ राठौरले भने, ‘त्यसै अनुसार शुक्रबार नै जिल्ला अदालतमा पेश गरी चालक कुर्मी विरुद्ध सवारी ज्यान मुदा दर्ता गराएर अनुसन्धान प्रक्रिया अघि बढाउछौँ।’

दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी भटराईको वीरगन्जमा उपचार सम्भव नभएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहको छ।

दुर्घटनामा  समान्य घाइते भएका चालक कुर्मीको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको थियो। शुक्रवार अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?