लागुऔषध सहित तीन जना पक्राउ

लागुऔषध सहित तीन जना पक्राउ
+
-

वीरगञ्ज– प्रहरीले लागुऔषध ईन्जेक्सन र ट्याब्लेट सहित तीन जनालाई पर्साको विभिन्न स्थानबाट शुक्रबार पक्राउ गरेको छ।

लागुऔषध सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ बस्ने २९ बर्षीय राजकिशोर प्रसाद साह, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३८ बर्षीय सुरेश लामा र चितवनको माडी नगरपालिका वडा नम्बर २ बस्ने २८ बर्षीय विकास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

राजकिशोरलाई लागुऔषध नियन्त्रण व्युरो वीरगञ्ज र गण्डक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज १४ गण्डक चोकबाट ना २५ प ९०० नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन डाईजेल्याव एक सय ४० पिस, नुर्फिन एक सय ४० पिस र फेनारगन एक सय ४० पिस बरामद गरेको छ।

यस्तै लामालाई लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजयतजन्ती चोकबाट पक्राउ गरेको हो। उनी रक्सौलबाट लागुऔषध लिएर पैदल आईरहेको अवस्थामा पक्राउ परेका हुन्।

लामाको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन फेनारगन नौ पिस, डाईजिल्याब नौ पिस, नुर्फिन नौ पिस, एभिल नौ पिस र नाईट्रोभेट ट्याब्लेट १३ पिस बरामद गरेको छ।

चौधरीलाई  ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले पर्साको ठोरी गाउपालिका वडा नम्बर २ ठुटे खोला किनारबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले लागु औषध निट्राभेट ट्याब्लेट २७ पिस र पेयबिन स्पास एगिक ६३ पिस बरामद गरेको छ।

उनीहरुमाथि लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसैगरी प्रहरीले भन्सार छली भित्र्याएका अवैध सामान समेत बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली भित्र्याइएका तीन काटुन बिस्कुट, १६ लिटर तेल, १० पोका राजनिवास, १० पाकेट तुलसी र तीन बोरा चामल र ८ किलो सुर्ती बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ हनुमान मन्दिर नजिकै उक्त अवैध सामान बरामद गरेको हो।

यस्तै नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले २५ किलो मरिच पनि बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाबाट भारततर्फ लैजादै गरेका अवस्थामा मरिच बरामद गरेको हो।

बरामद गरिएका अबैध सामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?