
वीरगञ्ज- नेपाल विद्यार्थी संघ पर्साले प्रधानमन्त्री केपी शर्मा ओलि को पुत्ला जलाउन खोज्दा बिरगञ्जमा प्रहरीले हस्तक्षेप गरेको छ।
बिरगञ्जको ठाकुरराम क्याम्पस बाट नेबि संघका विद्यार्थी नेताहरुले बिरोध जुलुस निकाल्दै माइस्थान चोकमा पुगेर प्रधानमन्त्री ओलिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप र धरपकड गरेको हो।
प्रहरीको धरपकडमाम नेविसंघका दुई कर्याकर्ता घाइते भएका छन्।घाइते हुनेहरुमा राजन चौरसिया र विकेश पटेल रहेका छन्।
उनीहरुको खुट्टा र मुखमा चोट लागेको छ। घाइते चौरसिया र पटेलको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।