प्रहरीलाई घुस दिने आलम पक्राउ

प्रहरीलाई घुस दिने आलम पक्राउ
+
-

वीरगञ्‍ज- प्रहरीलाई घुस दिने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आएर प्रहरीलाइ घुस दिने बाराको प्रसौनी गाउपालिका वडा नम्बर-२ खुटवा टोलका २३ वर्षीय जफिर आलमलाइ प्रहरीले नियन्त्रणमा लिएको हो।

आलमले सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका अलि अख्तर मियाँ मंसुरीसँग भेटघाट गर्ने आएको बेला प्रहरीलाई घुस दिन खोजेका थिए।

प्रहरी हिरासतमा रहेका मन्सुरीलाई छोडिदिन भन्दै आलमले प्रहरीलाई १४ हजार ५ सय घुस दिन खोजेका थिए।

घुसबापतको रकम प्रहरीले लिन नमानेपछि आलमले जबरजस्ती तिमीहरुले मेरो मान्छेलाई अहिले तुरुन्तै छाड, नत्र जागिर समेत खाई दिन्छु भन्दै अपशब्द प्रयोग गरेका थिए।

अपशबद प्रयोग गरेपछि आलमलाई प्रहरीले घुस बापतको रकमसहित नियन्त्रणमा लिएर आवशयक कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’