कर्णाली प्रदेशको राजधानी फोहोरै-फोहोर

कर्णाली प्रदेशको राजधानी  फोहोरै-फोहोर
+
-

सुर्खेत– गत चैत्र १ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही झाडु बोकेर वीरेन्द्रनगरको मंगलगढीचौकमा निस्किए। अन्य मन्त्री, सरकारी ओहोदाका उच्च व्यक्तिहरुसहित उनी पनि सरसफाईमा जुटे।

हरेक महिनाको एक र १५ गते श्रमदिन मनाउने प्रदेश सरकारको निर्णय अनुसार मुख्यमन्त्री शाहीसहितको टोलीले झाडु लगाएको मंगलगढीचौक यतिबेला नाक थुनेर हिड्नुपर्ने अवस्थामा पुगेको छ।

नालीको ढल बगेर सडक हिलाम्मे छ, फोहोरको डंगुरले वातावरण नै दुर्गन्धित बनाएको छ । बाहिरबाट आउने जोकोहीले पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सबैभन्दा पहिलो देख्ने दृष्य हो यो। जहाँ जताततै फोहोरै फोहोर मात्र देखिन्छ । ढल निकास नुहँदा गोदामलाईनका होटेलबाट निस्किने फोहोर पानी बसपार्क अगाडी नै बग्ने गरेको छ।

पलाष्टिकजन्य बस्तुसहित दुषित पानीले निकास नपाउँदा यत्रतत्रै छ । कर्णाली प्रदेश प्रवेश गर्ने र बाहिरिनेका लागि मंगलगढीचौकले नै दुर्गन्धित वीरेन्द्रनगरको पहिचान झल्काउने गरेको छ । मुख्य बजार क्षेत्रमा जथाभावी फालिने फोहोरले नालाको पानी सडकमा बग्ने गरेको छ । हटियाचौक, बुद्धपथचौकलगायतका स्थानमा नाला सफा नहुँदा सडकमा दुर्गन्धित फोहोर बग्ने गरेको छ।

स्थानीय तहदेखि व्यापारीसम्मले फोहोर व्यवस्थापन गर्न चासो देखाएको पाइदैन्। मुख्य व्यापारिक क्षेत्रबाट निस्किने दुर्गन्धित फोहोरले वीरेन्द्रनगरलाई कुरुप बनाएको छ । वीरेन्द्रनगरमा विभिन्न समयमा विभिन्न क्षेत्रको सहभागितामा सरसफाई अभियान सञ्चालन गरिएपनि त्यसले यहाँको सरसफाईको अवस्थामा सुधार ल्याउन सकेको छैन । दीर्घकालिन सरसफाई रणनीति नहुदाँ बेला बखतकै अभियानमा सिमीत बनेको छ, वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा।

फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिएकाले बसपार्क नै दुर्गन्धित बनेको यातायात व्यवसायीहरुको गुनासो छ । नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरेको नगर प्रमुख देबकुमार सुवेदीले बताए।

नगरलाई सुन्दर, व्यवस्थित र सफा बनाउन स्थानीय सहकार्यले सहकार्य गरेर अघि बढेको उनले बताए । ‘केही दिनमा हामीले फोहोर उठाउँछौं’ उनले भने,‘नगरको फोहोर व्यवस्थापनमा वडापालिका पनि उत्तिकै जवाफदेही छ, त्यसका लागि पटक–पटक छलफल भएका छन्।’

वीरेन्द्रनगर मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि वडा नम्बर–६ ले ‘फोहोर व्यवस्थापन सम्वन्धि कार्यविधि–२०७५’ ल्याएको छ । कार्यविधि कार्यान्वयनका लागि निजी क्षेत्रसँग वडापालिकाले छलफल थालेको छ । ‘उद्योग बाणिज्य संघसंग छलफल गरिसकेका छौं’ नगर प्रमुख सुवेदीले भने,‘सर्वसाधारण जनता, व्यापारी, उद्योगीलगायत र स्थानीय तहको सहकार्यमा नगर सुन्दर बनाउने अभियान हामी थाल्छौं ।’ उनले नगर सरसफाई गुरुयोजना नै बनाएर फोहोर व्यस्थापन गर्ने रणनीति नगरपालिकाले बनाएको बताए।

नगरपालिकाले फोहोर व्यवस्थापनकै लागि सवारी साधन थप गरेको छ । दुई वटा ट्याक्टर खरिद गरिएको छ । दैनिक रुपमा फोहोर व्यवस्थापन पछिल्लो समय चुनौती बनेको छ । ‘विगतजस्तो दैनिक रुपमा फोहोर व्यवस्थापन गर्न सकिएको छैन्’ प्रमुख सुवेदीले भने,‘अब निरन्तर ढल निकास र सडक सफा गर्थे, त्यो अभियानलाई निरन्तरता गर्न नगरपालिका जुटेको छ ।’ नगरबाट उठेको फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर–१ तारेभिरस्थित डम्पिङ्ग साइट निर्माण गरिएको छ । डम्पिङ्ग साइटमा असोजयता फोहोर फाल्दै आएको दावी नगर प्रमुख सुवेदीको छ।

नगरले अभियान शुरु गरेसँगै फोहोर गर्नेलाई जरिवाना तिर्नुपर्ने छ । नगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन कार्यविधि कार्यान्वयन गर्ने छ । जसका लागि सम्पूर्ण वडाहरुमा आवश्यक कानुन निर्माणका लागि नगरपालिकाले निर्देशन दिएको छ।

वडापालिकामार्फत कार्यविधिलाई कडाईका साथ लागु गरिने छ । ‘फोहोर व्यवस्थापनका लागि कानुन कार्यान्वयन गर्ने तयारी थालिएको छ’ उनले भने,‘फोहोर गर्नेलाई जरिवाना गरिने छ भने, नगरलाई सुन्दर राख्न सहयोग गर्नेलाई पुरस्कृतसमेत गर्ने गरि कानुन कार्यान्वयन गर्छौं।’

वडापालिकाले बनाएको कानुनअनुसार सरसफाई निरीक्षणका लागि कर्मचारी परिचालन गरिने छ। वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रको फोहोर पहिलो चरणमा उठाउने तयारी नगरले थालेको छ । फोहोर व्यवस्थापन भएसँग सडक छेउछाउमा डस्विनहरु राखिने छ।

वडाले टोल–टोलका नागरिक, व्यापारि, सरकारी तथा गैर–सरकारी संस्थासँग फोहोर व्यवस्थापन कार्यविधि कार्यान्वयनमा छलफल थालेको वडा नम्बर ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’