वीरगञ्ज- बहु विवाहको मुद्दामा २२ बर्षदेखि फरार रहदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बहुविवाह मुद्दामा २२ बर्षदेखि फरार रहदै आएका जितपुर सिमरा-३ का ५२ बर्षीय तुलसी तिमल्सिनालाई पक्राउ गरेको हो।
तिम्ल्सिनालाई जिल्ला अदालत कलैयाले २०५२ साद चैत १९ गतेको फैसलाले बहु बिबाह मुद्दामा-२ महिना कैद र २ हजार जरिवाना तोकेकोमा हालसम्म उनी फरार रहदै आएका थिए।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तिम्ल्सिनालाई लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला अदालत कलैयामा पेश गरी तोकिएको कैद भुक्तान गर्नको लागि वीरगञ्ज कारागार कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































