
वीरगञ्ज- बिरगञ्जमा म्याद गुज्रिएको बिभिन्न ब्राण्डका मदिरा तथा पेय पदार्थ (कोकाकोला,फेन्टा र स्प्राइट ) फेला परेको छ।
वीरगञ्ज महानगरपालिकाको मेनरोड नेशनल ट्रेडिङस्थित अंकित आयुष ट्रेडर्समा म्याद गुज्रिएको पेय पदार्थ तथा मदिरा फेला परेको हो।
सोमबार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बजार अनुगमन गर्ने क्रममा उक्त पसलबाट म्याद गुज्रेको विभिन्न किसिमका मदिरा र कोकाकोला ,फेन्टा, स्प्राइट लगायतका म्याद नाघेको पेय पदार्थ फेला परेको कार्यालयका सूचना अधिकारी दिलिप खगले जानकारी दिए।
फेला परेको म्याद गुज्रीएको पेय पदार्थहरुलाई जफत गरी नस्ट गरिएको बाणिज्य कार्यालय बिरगंजका सूचना अधिकारी खगले जानकारी दिए।