
वीरगञ्ज – लागु औषधसहित एक जनालाई सशस्त्र प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर २२ का २२ वर्षीय सुजन देउलालाई वीरगञ्जमा लागु औषधसहित पक्राउ गरेको हो।
भारत रक्सौलबाट लागुऔषध बोकेर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट प्रहरीले डाईजोल्याप १५ पिस, नुर्पिmन १५ पिस र फेनारगन १५ पिस बरामद गरेको छ।