मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा
+
-

वीरगञ्ज – मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गता नेपालतर्फको पाइप बिछ्याउने काम ८० प्रतिशत सकिएको परियोजनाको कार्यालयले जनाएको छ ।

नेपालतर्फ रहेको ३७ दशमलव २५ किमी अन्तर्गत बाराको पथलैयादेखि वीरगञ्ज भन्सारसम्मको काम अन्तिम चरणमा रहेको छ । कुल ७० किलोमिटर लम्बाइको उक्त सो परियोजना अन्तर्गत भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर क्षेत्रफमा रहेको छ । सो क्षेत्रफलमा २३ किलोमिटर सम्म पाइप ओछ्याउने कार्य लगभग सम्पन्न भएको र बाँकी पथलैया अमलेखगञ्जबिच पर्ने जँगलमा ९ किलोमिटरसम्म रुख कटान गरि पाइप ओछयाउन बाँकी रहेको छ ।

परियोजना अन्तर्गत भारततर्फको मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटरसम्म पाइप गाडने काम यसअघि नै भारत सरकारले सम्पन्न गरि सकेको छ । नेपालतर्फ मात्र पाइप बिछ्यान बाँकी रहेकोमा हाल आएर नेपाल तर्फको भू–भागमा ८० प्रतिशत काम सम्पन्न भइसकेको परियोजनाको कार्यालय सिमराले जनाएको छ । परियोजना अन्तर्गत वीरगञ्जको केडिया आँखा अस्पताल नजिकै रहेको दिल्ली पब्लिक स्कूलसम्म अहिले पाइप गाडने काम तीव्र्र गतिमा भइरहेको छ ।

उक्त ठाउँमा गण्डक चोकदेखि ३ सय मिटर भुभागमा पाईप गाडन बाँकी रहेकोमा अहिले त्यहा पाईप गाडने काम भइरहेको परियोजनाको कार्यालय सिमराले जनाएको छ । परियोजना अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने ९ किलोमिटर भागको रुखहरु कटान गर्नुपर्ने छ । अहिले परियोजना अन्तर्गत लगभग अरु ठाउँको काम धमाधम भइरहेको तथा प्रक्रिया पूरा गरेर निकुञ्जभित्रको पनि रुख काटेर पाइप ओछ्याइने छ ।

बाराको जितपुर तथा परवानीपुरको केही भू–भागको जग्गाहरुमा मुआब्जा बिबाद रहेका कारण उक्त ठाउहरुमा भने जमिनमुनि दुलो पारेर ड्रिलिङ प्रविधिबाट आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ । १८ महिनाको समय अवधि तोकिएको परियोजनाको म्याद २०१९ जुनसम्म रहेको छ ।

तीव्र गतिमा काम भईरहेकोले म्याद सकिनु अगावै परियोजनाले पूर्णता पाउने तथा आउदो वैशाखसम्ममा नै पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालयले विश्वास लिएको छ । पाइप लाइन निर्माण सम्पन्न भएपछि खपतको ६० प्रतिशत पेट्रोलियम पदार्थ सोही पाइप लाइन भएर आउनेछ । यसले वीरगञ्ज भन्सारमा लाग्ने जाम पनि कम हुने विश्वास गरिएको छ ।

यसैबिच गएको माघ ३ गतेको मन्त्रीपरिषद बैठकले निर्णय गरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको लागि ६ हजार ५ सय ६३ वटा रुख काटनको लागि स्वीकृति प्रदान गरेको छ ।

परियोजनाको पाइप लाइन ओछ्याउनको लागि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्र्ने निकुञ्ज कोर क्षेत्रका ३ हजार २ सय ७३, मध्यवर्ती वन क्षेत्रका १ हजार १ सय १६ र मध्यवर्ती सामुदायिक वन क्षेत्रका २ हजार १ सय ७४ रुख काटिने भएको छ ।

रुख कटान हुन नसक्दा पथलैयादेखि अमलेखगञ्जसम्म झण्डै ९ किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सुरु हुन सकेको छैन । टिम्बर कर्पोरेशन अफ नेपाल को शाखा कार्यालय पथलैयाले गएको माघ ८ गते रुखहरुबाट काठ दाउरा कटान, मुछान, ढुवानी गर्नका लागि बोलपत्र आह्वानसमेत आव्हान गरिसकेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधारभारले जनाएको छ ।

गत वर्षको चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट पाईप लाइन परियोजनाको संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?