
वीरगञ्ज- भन्सार छली ल्याउदै गरेको २ क्विन्टल ४० किलो अवैध मैदा प्रहरीले बरामद गरेको छ ।प्रहरीले भन्सार छली ल्याइएको २ क्विन्टल अबैध मैदा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा बिरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलाबाट उक्त परिमाणको अबैध मैदा बरामद गरेको हो।
बरामद गरिएको अबैध मैदालाई आवश्यक कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै प्रहरीले भारतबाट नेपालमा भन्सार छली ल्याइएको तथा नेपनलबाट भारततर्फ लैजादै गरेको अवैध सामान बरामद गरेको छ।
प्रहरीले बिरगञ्जको बिभिन्न ठाउबाट २ क्विन्टल ४० किलो केराउ बरामद गरेको छ।त्यस्तै भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा गाडीको पार्टस ७९ पिस र मोबिल ४ डिबा, १ सय ४४ पिस कुर्ता सुरूवाल समेत बरामद गरेको छ।
बरामद गरिएको उक्त सामानहरुलाई आवश्यक कार्वाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।