
प्रविधिको माध्यमबाट तीव्र गतिमा काम गर्न सक्ने क्षमता भएको ‘सुपर कम्प्युटर’ भित्र्याएको काठमाडौं विश्वविद्यालय (केयू)ले चार क्षेत्रमा अध्ययन/अनुसन्धानको काम सुरु गरेको छ।
बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ राखेर केयूले नेपालको मौसम तथा पूर्वानुमान, वायुमण्डलमा रहेको धुलोको मात्राको घटबढ, स्मार्ट मेशिनहरु( मेटरियल मोडेल्स) र हस्पिटल स्टोरेजको बारेमा काम सुरु गरेको काठमाडौं विश्वविद्यालय (केयू)का सह-प्राध्याक राजेन्द्र अधिकारीले बताए।
उनका अनुसार गत डिसेम्बर २७मा सुपर कम्प्युटरको हार्डवेयरलाई जेनेभाबाट ल्याएर नेपालमै जोडेपछि केयूका विलार्थीहरुले नेपालको मौसम तथा पुर्वानुमान, वायुमण्डलमा रहेका धुलोको मात्रा कसरी घटबढ हुन्छ भन्नेबारेमा साथै बनेपामा रहेको धुलिखेल अस्पतालमा रहेका एक्सरे,एमआरआइ, सीटी स्क्यानको रिपोर्ट संग्रहित गर्ने काम अगाडि बढाइएको छ।
२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरेपछि प्रविधिमा नेपालले फड्को मार्न सरकारी निकाय, उद्योग क्षेत्र र विश्वविद्यालयको सहकार्य गर्न सके नयाँ क्रान्ति ल्याउन सकिने सह-प्राध्यापक राजेन्द्र अधिकारीले बताए।
उनले भने, ‘ सुपर कम्प्युटरले सुपर कम्प्युटरले सरकारी मात्रै नभएर निजी क्षेत्रको उद्योगलाई नयाँ प्रविधिको माध्यमबाट काम छिटो छरितो गर्न/गराउन, विश्वविद्यालयका विलार्थीहरलाई आफ्नै ल्याब्रोटरीमा नयाँ नयाँ खोज अनुसन्धान गरे देशलाई योगदान दिन सक्छन्।’
जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले क्यूलाई प्रदान गरेको ‘सुपर कम्प्युटर’मा थप १२ गिगाबाइटको र्याम जडान गरिएको छ।जसमा ५५ हजार १२० कोरहरु रहेको हुन्छ भने यो आफैमा एउटा सुपर कम्प्युटर हो।
यता, काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यका अनुसार साढे ७ टेरावाइट र्याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको छ।यसमा केयूका विद्यार्थीहरुले रिसर्च गर्न पाउने छन्।’

सुपर कम्प्युटरको बारेमा जानकारी दिँदै काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्य। तस्बिर-सहदेब चौधरी/देश सञ्चार
यसका साथै उनले सुपर कम्प्टरमा जम्मा १८२४ वटा सिपीयू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सरभर स्विचहरु रहेको बताउँछन्। यसले करीब २ हजार ५ सय कम्प्युटर बराबरको ‘प्रोसेसिङ’ गर्छ भने करीब २ हजार सामान्य डेस्कटप कम्प्टुटरको काम एकै पटकमा गर्न सक्ने क्षमता रहेको उनले दाबी छ।
सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको रहेको बताउँदै उनले सुपर कप्यटरले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने दावी गरे। यसका साथै यसल बैंकमा रहेको ठूलो डाटा राख्ने काम, मौसमको बारेमा तत्काल जानकारी, भूकम्पीय जोखिमबारे पूर्व जानकारी लगायत तथ्याङकहरुलाई विश्लेषण गरेर सेकेण्डमा सूचना प्रवाह गर्न सक्ने बताए।
उनले भने, ‘यसको प्रयोगले भूकम्पीय जोखिम, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता, मौसम पूर्वानुमान लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्नेछन्।’
यति मात्र नभएर सरकारी अस्पतालको नयाँ बिरामीहरूका नयाँ डाटा, जग्गाहरुको दर्ताहरूलाई संग्रहित गर्ने र सरकारको आधारिकारिक तथ्याङहरुलाई सुरक्षित राख्न सकिने उनको भनाई छ। तर उनले सुपर कम्युटरका लागि विद्युत चौबिसै घण्टा चाहिने भएकाले यसलाई उपलब्धता गराउनु नै मुख्य चुनौती रहेको उनको भनाई छ।