
वीरगञ्ज– मोटरसाईकलमा बोकेर लैजादै गरेको गाँजासहित तीनजनालाई बाराको जितपुरबाट प्रहरीले पक्राउ गरेको छ।
बाराको जितपुरबाट सिमरा तर्फ गईरहेको अवस्थामा मकवानपुरको राक्सीराङ गाउपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय हिमान सागर रुम्वा, कैलाश गाउपालिका वडा नं. ६ बस्ने २५ वर्षीय श्रीराम स्याङताङ र मोटरसाईकल चालक पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय शिव कुमार महतोलाई गाँजा सहित प्रहरीले पक्राउ गरको हो।
उनीहरु तिनैजना ना ६० प ५७६८ नम्बरकाे मोटरसाईकलमा सवार भई गाँजा लिएर जादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुका साथबाट प्रहरीले अबैध लागुऔषध गाँजा ८ किलो बरामद गरेको छ। गाँजासहित पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धाना भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।