ट्याक्टरमा आगो लगाएर फिरौती माग्ने पक्राउ

ट्याक्टरमा आगो लगाएर फिरौती माग्ने पक्राउ
+
-

वीरगञ्ज – आफूले मागेको रकम नदिएको भन्दै टयाक्टरमा आगो लगाई क्षति पुर्‍याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने १८ बर्षीय सिद्दार्थ चौधरीलाई पक्राउ गरेको हो।

चौधरीले गएको माघ २३ गते कलैया उपमहानगरपालिका वडा नं.२२ मटिअर्वाका कृष्ण भगवान सिंहको ना १ त ५०७९ नं को टयाक्टरमा आगो लगाएका थिए।

चौधरीले टयाक्टरमा आगो लगाएर सिंहलाई फोनगरी ट्याक्टरमा आफूले आगो लगाएको भन्दै तीन लाख रुपैयाँ नदिए छोराको समेत हत्या गर्ने धम्की दिएका थिए।

चौधरीले विरेन्द्रप्रसाद साहको राईस मिल अगाडी पार्कीङ गरी राखिएको टयाक्टरमा आगो लगाउदै तीन लाख रुपैयाँ फिरौती माग गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई मोबाईल नम्बरको आधारमा पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका चौधरी बिरुद्ध मुदा दर्तागरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गराई कारवाही प्रक्रियाअघि बढाइएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिँह राठौरले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’