
वीरगञ्ज– नौ किलो लागुऔषध चरेशसहित भारतीय दिदीबहिनीलाई वीरगञ्जबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भारत हरियाना घर बताउने ३२ वर्षीया निशा साह र उनकी बहिनी ३० वर्षीया सोनाली साहलाई लागुऔषध चरेशसहित पक्राउ गरेको हो।
वीरगञ्ज भन्सार गेट नजिकै शुक्रबार बिहान साढे सात बजेतिर चेकजाँच गर्ने क्रममा साह दिदी बहिनीलाई चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी निशाले ४ किलो र सोनालीले ५ किलो लागुऔषध चरेश शरीरमा लुकाएको अवस्थामा फेला परेको हो ।
उनीहरु नेपालबाट भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।