इसिटीएस जडान भएको २० वटा कन्टेनरसहितको रेल वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहको लागि प्रस्थान

इसिटीएस जडान भएको २० वटा कन्टेनरसहितको रेल वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहको लागि प्रस्थान
+
-

वीरगञ्ज – इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम ईसीटीएस जडान भएको कन्टेनरसहितको रेल वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहको लागि प्रस्थान गरेको छ । गएको शुक्रबार साँझदेखि कागजी प्रक्रियाको झन्झट अन्त्य भएर ईसीटीएस सिस्टम जडान गरिएको २० ओटा कण्टेनरसहितको रेल सुक्खा बन्दरगाहका लागि प्रस्थान गरेको हो ।

नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले ईसीटीएस जडान गरिएको २० वटा कन्टेनरसहितको रेललाई हरियो झण्डा देखाएर बिदाई गरेका थिए । यसरी कोलकाताबाट ईसिटिएस जडान गरिएको कन्टेनर नेपाल आउनमा बढीमा ७ देखि ८ दिन लाग्ने वीरगञ्जर्सिया सुख्खा बन्दरगाहका सूचना अधिकारी विकाश कुमारले जानकारी दिए ।

सामान्यतया बढीमा २१ दिनमा कन्टेनरसहितको रेल सुख्खा बन्दरगाहमा आएर कोलकता फर्कि सक्नु पर्ने व्यवस्था रहेको कुमारको भनाई छ । ईसिटिएस प्रविधी जडान भएपछि समयको पनि बचत तथा कन्टेनरसहित रेल कुन ठाउमा कस्तो अवस्थामा रहेको भन्ने सजिलै थाहा पाउन सकिने भएकाले चोरी हुने खतराबाट पनि बचिने उनले जानकारी दिए

इसिटिएस जडान भएको कन्टेनर सहितको रेल कहिले कुन ठाउँमा छ भन्ने जानकारी निगरानीे कम्प्युटरबाट भारतीय भन्सार र बन्दरगाहका अधिकारीले सहजै थाहा पाउन सक्छन् । भारतबाट प्रस्थान गरेको कन्टेनरसहितको रेल सुख्खा बन्दरगाहमा आएपछि कन्टेनरमा प्रयोग गरिएको इसिटिएस उपकरण भन्सार कर्मचारीले झिक्ने छन् ।

यसरी आउने कन्टेनरसहितको रेलमा भारतको समुन्द्री बन्दरगाहमार्फत नेपाल आउने सामानमा लाग्ने गरेको झन्झिटिलो कागजी प्रक्रियाको अन्त्य भएको छ ।कागजी प्रक्रिया नभई इसिटिएस जडान गरिएको रेलबाट कन्टेनर नेपाल ल्याउदा भन्सारमा करिब १० देखि १५ ठाउँमा कागजमा हस्ताक्षर गराउने प्रक्रियाको अन्त्य भएको हो । अब इसिटिएस लागु भएपछि नेपाली आयातकर्ताले क्लियरिङ एजेन्टमार्फत ८ वटा कागजपत्र २४ ठाउँमा हस्ताक्षर गराउने झन्झट हटेको छ ।

पहिलो चरणमा रेलबाट वीरगञ्ज स्थित सुख्खा बन्दरगाहसम्म ढुवानी गरिने कन्टेनरमा मात्र इसिटिएस लागु गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?