
पर्सा-वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन भव्य शोभा यात्रा निकालिएको छ। अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जका महिला समूहहरुले महायज्ञ सफल बनाउने उदेश्यले सोमबार वीरगन्जमा शोभा यात्रा निकालेका हुन।
आर्दशनगरबाट निकालिएको शोभा यात्रा, माईस्थान, घण्टाघर चौक, पुन माईस्थान, २ नम्बर रोड हुदै लोहारपट्टी, गणेशमान चौक, विर्ता, अलखिया मठ भएर आर्दशनगर चौकमा स्थापना गरिएको कार्यालयमा पुगेर समापन भएको थियो।
शोभा यात्रामा गायत्री परिवारका करिब ३ सय महिलाहरुको सहभागिता रहेको थियो। सहभागी महिलाहरुले नेपाल आमा की जय, सत्य सनातन धर्म की जय, देव सांस्कृति की जय लगायत धार्मिक नारा लगाउँदै नेपाल मै पहिलो पल्ट हुन लागेको महायज्ञ सफल बनाउन नगरवासीलाई आहवान गरिएको थियो।
शोभा यात्रा समापनमा बोल्दै शान्तिकुज हरिद्धार भारतबाट आएकी ब्रहमवादणी टोलीकी नेतृ श्यामा राठौरले यज्ञले मानवलाई शान्ति एवं सद्भाव सिकाउँने भएकोले यसमा सहभागि जनाउन सवैमा आहवान गर्दै यज्ञले समाजलाई उच्च मानवीय आदर्शका निमित्त अघि बढ्न प्रेरित गर्ने बताइन्।
उनले परमार्थ, आत्मसंयम, दान, सद्भावना आदि मूल्यहरुलाई दैनिक जीवनमा आत्मसात् गर्नु नै यज्ञको मुख्य उदेश्य रहेको बताइन्। अहंकारलाई त्याग गरी शरीर, मन तथा आत्मालाई ईश्वरीय प्रयोजनामा समर्पित गरिदिनु नै यज्ञ भनिन्न उनले भनिन, शास्त्रले भगवानलाई यज्ञ-पुरुषको रुपमा परिभाषित गरेको छन, जसरी समिधा अग्निमा विलय भई अग्निमा रुपान्तरित हुन्छ त्यसरी नै यज्ञ गर्ने साधकको जीवन पनि यज्ञमय हुन्छ।
यही फागुन १९ गतेदेखि २२ गने सम्म वीरगन्जमा हुने महायज्ञमा करिब ६-७ लाख श्रद्धालुहरुको सहभागिता हुने छ। महायज्ञमा सहभागि हुन आउने विदेशीहरुलाई स्वागत गर्न भव्य तयारी भईरहेको शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपाकिलाका मेयर विजय कुमार सरावगीले बताए।
राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नै नेपालमा अश्वमेध गायत्री महायज्ञको आयोजना गर्न लागिएकोले देश विदेश गरी करिब ६ देखि ७ लाख सम्मको श्रद्धालुहरुको सहभागिता हुने अनुमान गरिएको बताए। महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेखि भण्डारी गरिने छन भने पुर्णहुति(समापन) प्रधानमन्त्री केपी ओली शर्माले गर्ने निश्चित भईसकेको उनले बताए।
२ करोड भन्दा बढीको लागतमा हुन लागेको यज्ञमा सहभागि हुनेलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माणको तयारी भईरहेको छ।
यज्ञमा दैनिक ६० हजार व्यक्ति हवन गर्न सकिने सम्पूर्ण व्यवस्था मिलाएको छ, उनले भने, यज्ञमा सहभागि हुन आउने भारतीय एव अन्य देशबाट पाल्नु हुने पर्यटकको लागि निशुल्क खाना र बस्ने सुविधा मिलाईएको छ।आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिनुहुने छ।