वीरगञ्ज– स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले ठाकुरराम बहुमुखी क्याप्पस, वीरगञ्जका क्याम्पस प्रमुख प्रमोद कुशवाहको कार्यकक्ष घेराउ गरेका छन्
उनीहरुले चुनावको माग गर्दै एक घण्टासम्म क्याम्पस प्रमुख कुशवाहाको कार्यकक्ष घेराउ गर्दै नारवाजी गरका थिए।
विद्यार्थी नेताहरुले स्ववियू निर्वाचनको मिति घोषणा गर, विद्यार्थीको अधिकार देऊ, उपकुलपति राजिनामा दे, निर्वाचन भाड्न पाइँदैन लगायतका नारा लगाएका थिए।
घेराउ कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम शाह, जिल्ला संयोजनक मित्रदेव यादव लगायतको सहभागिता थियो।

भर्खरै
लोकप्रिय






































































































































































































