नक्कली नागरिकता बनाएर जग्जा बेच्‍न खोज्‍ने दुई पक्राउ

नक्कली नागरिकता बनाएर जग्जा बेच्‍न खोज्‍ने दुई पक्राउ
+
-

काठमाडौं- नक्कली नागरिकता र जग्गा धनीपुर्जा बनाएर अर्काको जग्गा बेच्न खोज्ने दुई जना पक्राउ परेका छन्।

बारा प्रहरीले नक्कली नागरिकता र जग्गा धनीपुर्जा बनाएर अर्कैको जग्गा बेच्न खोज्ने कलैया उप महानगरपालिका-२३ बस्ने ३२ बर्षीय अमित मेहता र पर्साको बिरगञ्ज महानगरपालिका वडा नं. १२ बस्ने ४९ बर्षीय रघुनाथ प्रसाद साहलाई पक्राउ गरेको हो।

उनीहरु दुबैजनाले जितपुरसिमरा उप महानगरपालिकामा रहेको सिमरा मालपोत कार्यालयमा अर्कैको जग्ग नक्कली कागज बनाई बेच्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजनाले बिरगंज महानगरपालिका वडा नं.६ का रवि क्यालको नाममा जितपुर सिमरा उप महानगरपालिका वडा नं.२० मा रहेको किता.नं.६२८ को जग्गा बेच्न खोजेका थिए।

उनीहरु दुबैजनालाई बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले सरकारी कार्यालयको छापहरु किर्ते गरि बनाइएका नागरिकता, जग्गा धनी दर्ता प्रमाण पुर्जा बरामद गरेको छ।

बरामद गरिएका कागजातहरु मध्ये किर्ते गरि बनाइएका १ थान जग्गा धनी पुर्जा, नागरिकता, सही छाप भएको २ पाना रजिष्टेशन फारम समेत बरामद भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’