
पर्सा-भारतबाट भन्सार छली भित्र्याइएको ३ लाख बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भन्सार छली भित्र्याइएको कपडासहित बाराको पचरौता नगरपालिका वडा नं.४ बेलदारी टोल बस्ने ४१ वर्षीय मनोज कुमार पाण्डे र २६ बर्षीय सोनु कुमार साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोेलीले उनीहरुलाई पचरौता नगरपालिकाको बेनौली नहरबाट भारतबाट भन्सार छली भारतीय नम्बर बी आर ०५ ५७५० र बी आर ०५ ११२५ नम्बरको मोटरसाईलकामा लोड गरि कपडा ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुको साथबाट भन्सार छली ल्याइएका रु ३ लाख ५ हजार ६ सय २५ बराबरको लहङगा, थान कपडा बरामद भएको बारा प्रहरीले जनाएको छ।
कपडा र मोटरसाईकल सहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागी बिरगञ्ज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।