छोरीका लागि गरिने लगानी अनावश्यक आर्थिक भारको रुपमा लिनु गलतः राष्ट्रिपति भण्डारी

छोरीका लागि गरिने लगानी अनावश्यक आर्थिक भारको रुपमा लिनु गलतः राष्ट्रिपति भण्डारी
+
-

वीरगञ्ज– छोरीहरुका लागि गरिने लगानीलाई अनावश्यक आर्थिक भारको रुपमा लिएर छोरी पढाउनु भन्दा पनि बाल विवाह, अनमेल विवाह गरेर पन्छिनु गलत भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन।

राष्ट्रपति भण्डारीले प्रदेश नम्बर २ को सरकारले ल्याएको ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा तथा मुद्दती बचत खाता समुद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै यस्तो सोच गलत बताएकी हुन्। उनले यस्तो सोचले महिलालाई मात्रै नभइ सिंगो समाज तथा परिवारलाई समेत नकारात्मक असर पारेको बताईन्।

छोरीहरुको सुरक्षा तथा शिक्षाको लागि प्रदेश नम्बर २ को सरकारले यस्तो कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कार्यक्रमको सफलताको शुभकामना दिइन्।

संविधानले सबै नागरिकलाई समान स्थान दिँदै निश्चित संख्यामा महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको राष्ट्रिपतिले बताइन्।

अहिलेको युगमा पनि दाईजोको नाममा महिलाहरुलाई प्रताडित गरिनु उचित नभएको बताउँदै राष्ट्रपति भण्डारीले जानकी जस्ता विदुषी जन्मिएको नेपालको भुमिमा छोरीहरु अपहेलित हुनुपर्ने अवस्था आउनु भनेको हामीले आफ्नो इतिहास बिसर्नु भएको बताइन्। ‘सुखी समृद्ध नेपालको राष्ट्रिय संकल्प साकार पार्न महिलालाई पनि अवसर दिनुपर्छ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘आधा आकाशको रुपमा रहेका महिलालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान अवसर दिनुपर्छ।’

अहिले समाजका कतिपय स्थानमा छोरीको जन्म हुनुलाई अभिशापको रुपमा लिईने गरिएको अवस्थामा प्रदेश सरकारले छोरीहरुका लागि ल्याएका यस्ता योजनाले छोेरीहरुको रक्षा हुने विश्वास व्यक्त गरिन्।

प्रदेश नम्बर २ का समाजिक विकाश मन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, प्रदेश २ का मुख्य सचिव दिपक सुबेदी लगायतको उपस्थिती थियो।

सो अवसरमा प्रदेश नम्बर २ का ८ जिल्लाबाट उत्कृष्ट भएका तीनजना छात्राहरुलाई नगद प्रमाण–पत्र दिएर सम्मान गरिएको थियो। सो अवसरमा विभिन्न विद्यालयका छात्रछात्राले छोरीहरुलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने नाटक समेत प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?