
वीरगञ्ज– वीरगञ्जमा बिहीबार राति दुई समूहबीच भएको ग्याङफाइटमा एक जना घाईते भएका छन्।
वीरगञ्ज महानगरपालिको भिस्वा टोलमा भएको उक्त ग्याङफाइटमा भिस्वाकै २७ वर्षिय अनुप सिंह घाइते भएका छन्।
प्रहरीका अनुसार झडपको क्रममा खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट घाइते भएका सिंहको पिठ्यूँमा चोट लागेको छ। घाइते सिंहको वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
खुकुरी प्रहार गर्ने समुहका दुईजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगञ्ज लक्ष्मणवा निवासी आकास सिंह राजपुत र विराट झा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट खुकुरी बरामद भएको र झडपको के कारण भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।