
वीरगञ्ज– सशस्त्र प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले लागुऔषधसहित पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका अनुप लामालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सिर्सियाबाट खटिएको टोलीले वीरगञ्जको नगवा चोकमा चेकजाँच गर्नेक्रममा लामालाई लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका लामाले भारतको रक्सौलबाट आफनो शरिरमा लुकाई छिपाई वीरगञ्जतर्फ आउनेक्रममा प्रहरीले उनको साथबाट लागुऔषध फेनरागन ३७ पिस, डाईजोल्याब ३७ पिस, नर्फिन ३७ पिस, नाईट्रोभेट १५ पिस, सुई १ पिस, स्पेसनो प्रोस्किभन ८ पिस बरामद गरेको छ।
लागुऔषधसहित पक्राउ परेका लामालाइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।