
वीरगञ्ज-रक्सौल नाकामा प्रहरीले अबैध लागुऔषध तथा चरेश कारोबारीलाई पक्रा उगर्न थालेपछि तस्करहरुले नाका परिवर्तन गरेका छन्।
तस्करहरुले मुख्य नाका बिरगञ्ज छोडेर पर्साको ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाहरुबाट अबैध लागुऔषध चरेश भारततर्फ तस्करी गर्न लागेका छन्।
सोहीक्रममा सोमबार बिहानै भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको ठुलो परिमाणको चरेश बरामद गरेको छ।
सशस्त्र प्रहरी पोखरीयाले ठूलो परिमाणमा रहेको चरेश र चरेश बनाउने धुलो बरामद गरेको हो।
सशस्त्र प्रहरी बेस क्यामप पोखरियाबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-६औराहामा रहेको खोला छेउबाट लुकाएर राखिएको चरेश बरामद गरेको जनाएको छ।
यस्तै लुकाएर राखिएको अवस्थामा सोमबार बिहान २८ केजी ७ सय य ६० ग्राम तयारी चरेस र चरेसको धुलो १५ केजी २८ ग्राम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
तस्करहरुले नेपालबा भारतततर्फ तस्करी गरि चरेश लैजान लागेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त परिमाणको चरेश र चरेश बनाउने धुलो बरामद गरेको हो।
भारततर्फ नेपालबाट तस्करी भईरहेको सुचना पाएको सशस्त्र प्रहरीको टोलीले सो क्षेत्रमा खोजबिन गर्नेक्रममा चरेश बरामद गरेको हो ।चरेश तस्करीमा सँलगन ब्यक्तिहरु भने कोही पक्राउ नपरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको चरेशलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ।