ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना

कमरेड रविन्द्र अधिकारीलाई सम्झिएर भावुक बने नेकपाका नेताहरु

कमरेड रविन्द्र अधिकारीलाई सम्झिएर भावुक बने नेकपाका नेताहरु
+
-

काठमाडौँ— हेलीकप्टर दूर्घटनामा परी दिवंगत भएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) नेताहरु भावुक बनेका छन्। खासगरी उनीहरु सामाजिक सञ्जालमार्फत दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कसैले मन्त्री अधिकारीको निधनको खबरप्रति आफूलाई विश्वासनै नलागेको भन्दै भाव व्यक्त गरेका छन् भने कसैले एउटा संभावित राम्रो नेता देशले गुमाउनु दुखद भएको भनेका छन्।

ताप्लेजुङको एक संभावित विमानस्थलको अध्ययन गरी पाथीभरा मन्दीरको दर्शनका लागि उडेका मन्त्री अधिकारीसहित सात जनाले हेलीकप्टर दूर्घटनामा ज्यान गुमाएका थिए। नेकपाका प्राय सबै मन्त्रीहरु, मुख्यमन्त्रीहरु र उनका साथीहरु भावुक बनेका छन्।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले फेसवुकमार्फत भनेका छन,‘ कमरेड रबिन्द्र, सम्भावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन। राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन । पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली ।’

मुख्यमन्त्री शंकर पोखरेलले पनि रक्षामन्त्री पोखरेको जस्तै भाव व्यक्त गरेका छन्।

उनले भनेका छन्,‘ संगठन र संघर्ष दुवैबाट खारिएको अत्यन्तै जुझारु कर्मशील यौद्धा कमरेड रवीन्द्र अधिकारीको हेलीकप्टर दूर्घटनामा निधन भएको कुरा विश्वास नै गर्न गाह्रो भो। तर घटनास्थका दृश्यहरु सञ्चारमाध्यममा देखेपछि दुःखद सत्यलाई स्वीकार्नै पर्ने रहेछ। दूर्घटनाबाट राष्ट र पार्टीले ठूलो क्षति वेहोर्नु परेको छ।’

मन्त्री अधिकारीका साथी एवं नेकपा स्थायी कमिटि सदस्य यागेश भट्टराई झनै भावुक बनेका छन् र उनले दूर्घटनाको कारणबारे पनि बोलेका छन् ।

भट्टराईले फेसवुक मार्फत भनेका छन्,‘प्रिय साथी म निशव्द छु। म स्वीकार गर्दिन । तिम्र्रै आवाजले बताइदेउन यार।’


मौसमका कारण हेलीकप्टर दूर्घटनामा परेको समाचार आइरहँदा भट्टराईले भने उक्त दूर्घटनाको तथ्य केलाएका छन् ।

ताप्लेजुङ गृहजिल्ला भएका उनले भनेका छन्,‘ भीआईपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’


अधिकारीको निधनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य साना दलका नेताहरुले पनि दुख व्यक्त गरेका छन् ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुकमार्फत भनेका छन्,‘ तिथि अनिश्चित छ,मिति अनिश्चित छ, तर मृत्युको कार्यक्रम सतप्रतिशत सुनिश्चित छ । म के जान्दछु भने म मर्छु केही दिन ,केही महिना या केही बर्ष हुनसक्छ, सहज ढंगले या आकस्मिक हुनसक्छ तर डर नमान जिन्दगी भन्दा कम डरलाग्दो हुन्छ मृत्यु । अज्ञात। प्रिय मित्र रविन्द्र अधिकारी, तर तिम्रो मृत्यु भारी अनुभुती भएको छ । आत्मालाई शान्ति मिलोस् स्वर्गमा। सहयात्रामा संगै गएका सबैलाई हार्दिक श्रद्धाञ्जली ।’

 


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि फेसबुक मार्फत अधिकारी सहित ज्यान गुमाउनेहरुप्रति दुःख प्रकट गरेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?