मन्त्रीपरिषदको निर्णय: भोलि सार्वजनिक विदा, दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने

मन्त्रीपरिषदको निर्णय: भोलि सार्वजनिक विदा, दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने
+
-

त्कारठमाडौँ-हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा भोलि सरकारले एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्‍यु भएपछि  मन्तिपरिषद् बैठकले सो निर्णय गरेको हो।

निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई एक सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइनेछ। यसका साथै मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ अन्तिम संस्कार गरिने भएको छ।

मन्त्रीपरिषदको निर्णयमा भनिएको छ, ‘ उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ।यस घडीमा गहिरो दु:ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ।’

यो सँगै सरकारले हेलीकप्टर दुर्घटनाबारे छानविन र त्यसको सत्यतथ्य पत्ता लगाउन एक चार सदस्यीय समिति गठन गरेको छ। स्रोतका अनुसार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

बुधबार उनीसहित अन्य ६ जना सवार एयर डायनेष्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदै सबै यात्रुको निधन भएको थियो । यसैबीच मन्त्री अधिकारीको सम्मानमा भोलि बिहीबार मुलुकका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा एकदिने बिदा दिने निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?