रवीन्द्र अधिकारीलाई गुमाएपछि नेकपाले भन्यो : जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि मुलुकले गुमायो

रवीन्द्र अधिकारीलाई गुमाएपछि नेकपाले भन्यो : जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि मुलुकले गुमायो
+
-

काठमाडौँ—हेलीकप्टर दुर्घटनामा आफ्ना नेता संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाउदा पार्टी र देशले ठूलो क्षति व्यहोरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निष्कर्ष निकालेको छ।

नेकपाले अधिकारीलाई गुमाएर जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको बताएको छ।

नेकपाका केन्द्रीय कमिटि सदस्य समेत रहेका अधिकारीको बुधबार तेह्थुमको संभावित चुनीडाँडा विमानस्थलको अध्ययन गरी पाथीभरा मन्दीरको दर्शन गर्न जाँदा हेलीकप्टर दूर्घटनामा परी निधन भएको थियो । उनीसँगै अन्य ६ जनाले पनि सोही दूर्घनामा ज्यान गुमाएका थिए।

कास्कीबाट २०६४,०७० र ०७४ मा जनताको अपार माया प्राप्त गरी संविधानसभा संसद् सदस्य निर्वाचित भएका अधिकारी राजकीय क्षेत्रमा एक अब्बल राजनीतिकर्मीका रुपमा स्थापित गरेको अवस्थामा उनको निधन हुनु आफैमा दुखद भएको उसको भनाई छ।

दुई कार्यकाल संविधानसभा सदस्य, संसद् सदस्य, विकास समितिको सभापतिका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीका रुपमा उनले खेलेका भूमिका मुलुकले सम्झिरहने नेकपाले बताएको छ ।

विद्यार्थी कालबाटै राजनीति सुरु गरेका उनले मुलुकको विकासमा समय खर्चिदै गरेको अवस्थामा ज्यान गुमाउनु दुखद भएको नेकपाको निष्कर्ष छ ।

विज्ञप्तीमा भनिएको छ,‘ कमरेड अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एक जना होनहार सदस्य, विकास प्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै हाम्रो पार्टी दिवंगत कमरेड रविन्द्र अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।’

अधिकारी लगायतको निधनले आफु र आफ्नो पार्टी स्तब्ध बनेको पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्तश्रपमा विज्ञप्ती जारी गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?