
काठमाडौँ— हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा भोलि अर्थात बिहीबार मुलुकका सरकारी कार्यालय, शैक्षिक संस्थाहरु र विदेशस्थित कुटनीतिक नियोगका कार्यालयमा एक दिने बिदा दिने भएको छ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको अन्तिम बिदा राष्ट्रिय सम्मानका साथ गरिने र उनको नाममा बिदा समेत दिन निर्णय गरेको हो।
तेह्रथुमको चुहानडाँडाँस्थित सम्भावित विमानस्थल अध्ययन गरी पाथीभरा जाने बेला मन्त्री अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।