झापा गोल्डकप फुटबलको सबै तयारी पूरा

झापा गोल्डकप फुटबलको सबै तयारी पूरा
+
-

विर्तामोड- आगामी शनिबारदेखी सुरु हुने झापा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुन देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ।

प्रतियोगिताको मुख्य प्रायोजन मगमग तयारी चाउचाउले गरेको छ। प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित मुलुकका ९ र हङकङको एउटा टोलीले सहभागिता जनाउने झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।

आयोजक झापा–११, तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मर्स्याङदी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकेडेमीले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन्।

यस वर्ष मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए।

गुरुङका अनुसार प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार रुपैयाँ पाउनेछन्।

अघिल्ला वर्षहरुमाझैँ चौथो संस्करणको उद्घाटन समारोहमा झापाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने छ।

खेल सञ्चालन हुने डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने जनाइएको छ। यो रकम हरेक वर्ष गोल्डकप उद्घाटनका दिन प्रदान गरिने गिरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?