ठेकेदारको लापरवाहीले विद्युत विस्तारमा ढिलाइ

ठेकेदारको लापरवाहीले विद्युत विस्तारमा ढिलाइ
+
-

सुर्खेत– योजना अनुसार काम सम्पन्न भएको भए यतिवेला पश्चिम सुर्खेतका बराहताल र पञ्चपुरीमा विजुलीको राष्ट्रिय प्रसारण लाईन विस्तार भइसकेको हुने थियो। तर, जिम्मेवारी पाएको कम्पनीले ढिलाई गर्दा विद्युत विस्तार गर्ने योजना अलपत्र परेको छ।

सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिम क्षेत्रमा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुग्न सकेको छैन। लघुजलविद्युत आयोजना समेत सबै गाउँपालिका र नगरपालिकामा छैनन्। राष्टिय प्रसारण लाईन विस्तारमा ढिलाई हुँदा नागरिकले विद्युत उपयोग गर्न पाएका छैनन्। निर्माण कम्पनीको लापरवाहीका कारण सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहहरूमा विद्युत प्रशारण लाइन विस्तार गर्ने कार्य अलपत्र परेको हो।

विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले वीरेन्द्रनगर–बावियाचौर विद्युत विस्तारको काम गर्ने जिम्मेवारी त्रीपुरेश्वर जयदुर्गेदेवी निर्माण कम्पनीलाई दिएको थियो। वि.सं. २०७२ जेठ ३२ गते निर्माणको लागि ठेक्का सम्झौता गरेको कम्पनीले समयमा काम गर्न सकेको छैन। सम्झौता अनुसारको समयावधि सकिएपछि प्राधिकरणले एक वर्ष म्याद थप गरेको थियो। त्यो अवधि सकिँदा समेत विद्युत लाइन विस्तारको काम अघि बढ्न सकेको छैन।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७४ पुस ८ गते भित्र विद्युतको लाइन विस्तारको काम सक्नुपर्ने हो। तर, थप गरेको म्याद २०७५ पुस मसान्तमा सकिए पनि विद्युत विस्तारको काम आधा पनि हुन सकेको छैन। ठेकेदार कम्पनीले पोल गाड्ने, लाइन विस्तार गर्ने जिम्मेवारी लिएको छ। चार करोड ६८ लाख ८६ हजार पाँच सय २५ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर सम्झौता अवधि सकिएपनि निर्माण कम्पनीले वेवास्ता गर्दा लाइन विस्तार कार्यले गति लिन नसकेको हो।

वीरेन्द्रनगरको बुदबुदीदेखि बांङ्गेसिमल, हुड्के, बड्डीचौर, विद्यापुर, गुटु, बिजौरासम्म ३३ केविए विद्युत प्रशारण लाइन विस्तार हुनुपर्ने हो। विद्युतको लाइन विस्तारका लागि सबै सामग्री आइसकेको छ। तर लाइन वन क्षेत्रमा परेकाले काम गर्न अप्ठेरो परेको निर्माण कम्पनीले जनाएको छ। ‘वनबाट आवश्यक अनुमति मागेर काम अगाडी बढाउने तयारीमा छौं’ निर्माण कम्पनीका व्यवस्थापक सागर लुइटेलले भने, ‘अनुमति विना जंगल क्षेत्रमा विद्युतको लाइन विस्तार त परै हो, प्रवेश गर्न समेत पाइँदोरैनछ।’

उनले अनाधिकृत र गैर कानुनी रूपमा काम गर्न नचाहेकाले विद्युतको लाइन विस्तारको काम रोकिएको बताए। ‘नौ सय पोल वनको अनुमति नलिएर नै गाडियो, तर जति काम भएको छ त्यो पनि बलमिच्याईले गरिएको छ’ उनले भने, ‘नियमसंगत नै जान खोज्दा केही ढिलो हुन गएको छ। अब केही दिनमा काम शुरु हुन्छ।’ उनका अनुसार वन मन्त्रालयसँग आवश्यक अनुमति माग गरिएको छ। मन्त्रालयबाट काम अन्तिम चरणमा पुगेको जानकारी पाएको उनले बताए।

राष्ट्रिय प्रसारण लाईन विस्तार नहुँदा केही ठाउँमा भने लघु जलविद्युत आयोजना निर्माण गरिएको छ। तर त्यो पर्याप्त छैन। पञ्चपुरी नगरपालिका–५ बावियाचौरमा ग्रामिण जलविधुत आयोजना निर्माण भएको पाँच वर्ष भयो। जलविधुत आयोजना निर्माण भएसँगै लाइन त छ तर, विद्युत नियमित आउँदैन। २४ किलोवाटको उक्त जलविद्युत आयोजनाले मागअनुसारको विजुली उपलब्ध गराउन सकेको छैन। यति मात्रै होइन, सामान्य हावाहुरी लाग्दा हप्ताँै विजुलीविहिन हुनुपर्ने अवस्था छ।

पञ्चपुरीमै ५१ र १५ किलोवाटका रामडी लघु जलविधुत आयोजना छन्। यस्तै ८ किलोवाटको काँडाखेत जलविधुत आयोजना पनि सञ्चालनमा छ। तर, नियमित र पर्याप्त विधुत उत्पादन हुन सकेको छैन। बावियाचौरको लघु जलविद्युत आयोजनाजस्तै उल्लेखित आयोजनाहरू पनि बर्षातमा पानी पर्दा र हिउँदमा हावा चल्दा लामो समय अवरुद्ध हुने गरेका छन्।

विजुली नहुँदा नगरपालिकाको कामसमेत प्रभावित हुन्छ। ‘भनेको र आवश्यक परेको समयमा बत्ति नै हुँदैन, ठूला मेसिन सञ्चालन आउँदैनन्’ पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘नगरपालिकाका धेरै वडा अन्धकार नै छन् ।’ गर्मी मौसममा खोलामा पानी कम हुने भएकाले बत्ति कम भोल्टेजमा आउँछ। जसले गर्दा सामान्य काम बाहेक ठूलो काम गर्न असहज हुने गरेको प्रमुख थापाले बताए। ‘पश्चिममा विद्युुत नहुँदा विकासमा निकै पछाडी प¥यो, नगरपालिकाले पनि केही ठाउँमा लघुजलविद्युत विस्तार गर्दैछ तर त्यो प्रयाप्त होइन’ उनले भने,‘कहिले पश्चिम क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुग्ला र जनताले अन्धकारबाट उन्मुक्ति पाइने होला?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?