मेची किनारमा चलचित्र, साहित्य, पत्रकारिता तथा राजनीतिको चर्का बहस

मेची किनारमा चलचित्र, साहित्य, पत्रकारिता तथा राजनीतिको चर्का बहस
+
-

काँकरभिट्ट। पूर्वी नाका काँकरभिट्टा अहिले चलचित्रमा देखाइने गरेका दलनका कुरा, साहित्यिक विचार,पत्रकारिताभित्रका आयाम तथा नेपाल र भारतबीचका राजनीतिका कुराले गुन्जाएमान छ।

रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवमा यी विषयमा विचारोत्तेजक विचारहरु व्यक्त भइरहेका छन्।

शनिवारबाट शुरु भएको उक्त उत्सवमा सबभन्दा पहिला ‘लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा हरि शर्माले लामो प्रवचन दिएका थिए।

उनी भन्दै थिए, ‘चेतको विकास केवल एउटै व्यक्तिमा मात्र सीमित हुनुहुँदैन।’ उनका कुरामा स्थानीय व्यक्तिहरुमा चेतको विकास हुन जरुरी छ। उनले एउटै व्यक्ति विश्लेषणको ठेकेदार हुन नहुने बताए। शर्माले भने, ‘स्थानीय स्तरमा चेतको विकास भयो भने त्यो नै राष्ट्रियता हो।’

लोकतन्त्रले दुश्मन कमाउन कहिले पनि नभनेको शर्माको भनाइ थियो। लोकतन्त्रले सहयात्री, प्रतिस्पर्धी देख्ने, प्रश्न तथा संवादहरुमा संलग्न हुने वातावरण सिर्जना गर्ने शर्माले बताए। तर नेपालमा त्यस्तो नभएर आफ्नो कुरामा सहमत नहुनेलाई दुश्मनी देखिने गरिएको अनुभव उनले सुनाए।

पत्रकार सुधीर शर्मा र प्राध्यापक महेन्द्र पी लामाबीचको बहसमा नेपाल र भारतबीचका सम्बन्धका बारे चर्चा पायो। नाकाबन्दीदेखि अहिलेसम्मको नेपाल र भारतबीचको सम्बन्धको विषय बहसको प्रमुख चर्चा थियो।

नेपालमा भारत विरोधी विषय उठ्दा नेपालमा चीन हाबी भयो भन्ने भारतको मानसिकता रहेको पत्रकार शर्माको तर्क थियो। तर लामाले चीनको प्रभाव नेपालमा मात्र नभएर संसारका धेरै देशहरुमा परिरहेको बताए।

‘साहित्यको दलन’ सामूहिक विमर्शमा उर्गेनका घोडा र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र दार्जीलिङका भारतीय नेपाली साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राखेका थिए।

उपन्यासकार पाठकले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जतिधेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गरे।

दलित अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने अनेक उदाहरण प्रस्तुत गरेका थिए।

भारतीय साहित्यकार क्षेत्रीले भारतीय नेपाली समाजमा तुलनात्मक रुपमा छुवाछुत र जातीय विभेदको समस्या कम भएको उल्लेख गर्दै दलनमा परेको समुदायप्रति सहानुभूतिले होइन, स्वानुभूतिले साहित्य लेखिनुपर्ने धारणा व्यक्त गरे।

रिडर्सले २०६९ देखि हरेक दुई वर्षमा कला साहित्य उत्सव गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?