सम्झनामा झापा विद्रोहः ओली र दाहाल सुखानी पुग्दै

सम्झनामा झापा विद्रोहः ओली र दाहाल सुखानी पुग्दै
+
-

विर्तामोड–केही दिन अघि अर्जुनधारा नगरपालिका सालबारीस्थित शहीद स्मृति पार्कमा राखिएका शहीदहरु रामनाथ दाहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ, नेत्र घिमिरे तथा कृष्ण कुइँकेलको पूर्ण कदको सालिक हेरेर सर्वसाधारण भन्दै थिए, ‘व्यवस्था परिवर्तन भयो तर यी शहीदहरुले देखाएको बाटोमा नेताहरु अझै हिँड्न सकेका छैनन्।’

सर्वसाधारणको यो भनाईमा नेपाली राजनीतिका ठूला नेताहरुप्रति व्यंगको आभास हुन्थ्यो। सालबारीमा पूर्ण कदको सालिक बनाएर राखिएका शहीदहरुलाई झापा विद्रोहका बेला २०२९ साल फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा लगेर पञ्चायती शासकहरुले हत्या गरेका थिए।उनीहरुलाई जेल सार्ने बहानामा सुखानीमा लगेर हत्या गरिएको बताइन्छ।

झापा विद्रोहका बेला अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटिका कार्यकर्ता रहेका दाहाल लगायत पाँच जनालाई झापा कारागारबाट इलाम कारागार स्थानान्तरण गर्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको नेकपा झापाका एक जना नेता चिन्तन पाठक बताउँछन्।

उनले भने, ‘त्यो बेलामा कोके भनेर चिनिन्थ्यो संगठनलाई, त्यहीबेला हाम्रा साथीहरुलाई निदर्यी पञ्चायती शासकहरुले दिउँसो २ देखि ४ बजेको बीचमा सुखानीमा लगेर विभत्स हत्या गरे।’ पाठक भन्छन्, ‘हत्या गरिएको सुखानीमा एकै ठाउँ पाँचवटा रुख उम्रेर ठूला भएका छन्। हाम्रा नेता र देशको गतिविधि उनीहरुले मज्जाले हेरिरहेका छन्।’

तर जनतामा परिवर्तनको आभास दिलाउने किसिमका काम गर्न अझै बाँकी रहेको बामपन्थी कार्यकर्ताहरुको भनार्इ छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुन अघि छुट्टा छुट्टै कार्यक्रम गरेर मनाइने गरेको फागुन २१ गतेको स्मृतिसभा यस पटक भने संयुक्त कार्यक्रम गरेर मनाइँदैछ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सुखानी आउने कार्यक्रम छ।

सुखानीका शहीदहरुसँग निरंकुशता विरुद्धको लडाईंमा सँगै होमिएका व्यक्ति हुन् धाइजन ६ झापाका ७० वर्षीय दुर्गा अधिकारी। करीब ११ वर्ष जेल जीवन विताएका उनले २१ फागुनमा हत्या गरिएका शहीदहरुसँगको सहकार्य अहिले पनि उनको आँखामा झल्झली छ।

उनी भन्छन्, ‘उहाँहरु जस्तो कर्मठ व्यक्तिहरुको खाँचो नेपाली राजनीतिमा जहिले पनि परिरहन्छ।निरंकुशता विरुद्ध उहाँहरु एक ठाउँमा हुनुहुन्थ्यो। हामी जहिले पनि सहकार्य गर्थ्यौं।’

अधिकारी भन्छन्, ‘यी शहीदहरुले मनोमानी गर, तिमीहरुमात्र कमाउ भनेका थिएनन् ।’ सर्वसाधारण जनताले अहिले पनि व्यवहारिक परिवर्तन प्राप्त गर्न नसकेको उनको बुझाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?