पर्सामा घरेलु मदिरा उत्पादन बढ्दो, भट्टि भत्काइन्छ, सञ्चालक पक्राउ पर्दैनन्

पर्सामा घरेलु मदिरा उत्पादन बढ्दो, भट्टि भत्काइन्छ, सञ्चालक पक्राउ पर्दैनन्
+
-

वीरगञ‍ज-पर्साको ग्रामीण भेगमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने क्रम बढेको छ। जिल्लाको ग्रामीण इलाका, जंगलसंग सिमाना जोडिएका गाउँ र भारतको बिहार राज्यसँग सिमाना गाउँहरुमा अवैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको छ।

बिहारमा मदिरा निषेध गरिएका कारण सीमावर्ती गाउँहरुमा अवैध मदिरा उत्पादन भइरहेको स्थानियबासि बताउँछन्। स्थानियका अनुसार बिहारबाट आउने ग्राहकलाई लक्षित गरी मदिरा भट्टिहरु खुल्ने गरेका छन्।

यसरी अवैध रुपमा उत्पादन हुने मदिरा तथा भट्टि पसल प्रहरीले नष्ट गर्दै आएको छ। पछिल्ला साता मात्रै प्रहरीले जिल्लाको सात ठाउँमा छापामारी अवैध मदिरा नष्ट गरेको छ। जसमध्ये विन्दवासिनी गाउपालिकाको अमरपट्टी टोल, मधुवल टोल तथा सिस्वा दशगजा क्षेत्र, छिपरमाई गाउँपालिका,पकाहामैनपुर गाउँपालिकाको पोखरीया स्थित सिक्टा नदीको किनारामा, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी नगरपालिकाको झबराहा टोलमा सहित विभिन्‍न स्थानमा खोलिएका अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थहरु नष्ट गरेको छ। सो क्रममा प्रहरीले करिब ६ लिटर मदिरा र मदिरा बनाउन प्रयोग गरिने ११ हजार १ सय ८२ लिटर कच्चा पदार्थ नष्ट गरेको छ।

प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको मदिरा नष्ट गर्नु सराहानिय काम भएको वीरगञ्ज महानगरपालिका वडा नम्बर–३० का वडा सदस्य रामबाबु गुप्ताले बताए। उनले भट्टि सञ्चालकहरुलाई पनि पक्राउ गरी कारबाही गर्नु पर्ने बताए।

गुप्ताले जाँडरक्सी सेवन गर्नेहरु नै अपराधमा बढी संलग्न भएका भन्दै रक्सीलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने बताए। उनले भने ‘प्रहरीले रक्सी भट्टि नष्ट त गर्छ तर सञ्चालकलाई पक्राउ नगर्दा फेरिपनि रक्सी उत्पादन गर्नेतर्फ नै लाग्छन्।’

प्रहरीले भने अवैध रुपमा उत्पादन भैरहेको मदिरा भट्टिहरु नष्ट गर्दै आएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अनन्तराज शर्माले बताए। ‘भट्टिहरुमा अवैध घरेलु मदिरा सेवन तथा विक्री वितरण नहोस् भनी प्रहरीले भट्टिहरु नष्ट गर्दै आएको छ’, शर्माले भने, ‘भट्टी सञ्चालकहरुलाई पक्राउ गर्नको लागि कानुन अनुसार लिखित उजुरी पर्नुपर्‍यो।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?