
विर्तामोड- रुस्लान थ्रीस्टार क्लबले टाइ ब्रेकरमा नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ।
झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको क्वाटर फाइनल खेलमा थ्रीस्टारले अन्तिम चारको स्थान पक्का गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो।
बुधबारको खेलको म्यान अफ दी म्याच थ्रीस्टारका गोल किपर एलन न्यौपाने घोषित भए। उनले नगद १५ हजार प्राप्त गरे।
थ्रीस्टारले फागुन २४ गते शुक्रबार घरेलु टोली झापा ११ संग पहिलो सेमी फाइनल खेल खेल्नेछ।
बिहीबारको खेल रुपन्देही ११ र क्यामरुनको दउफिन्स फुटबल क्लबबीच हुनेछ। मनाङ मर्स्याङदी क्लबले खेलमा सहभागिता नजनाउने भएपछि दउफिन्सलाई बोलाइएको हो।