ब्लड बैंक नहुँदा बिरामीको ज्यान जोखिममा

ब्लड बैंक नहुँदा बिरामीको ज्यान जोखिममा
+
-

काठमाडौँ– बिहानको करिव ११ बजे साझा बसमा एक पुरुष रगत बोक्ने बक्स हातमा समातेर उभिरहेका थिए। बस थापाथली पुग्नै लागको थियो, उनले आफ्नो छेउमा उभिएका एक जना व्यक्तिलाई सोधे, ‘दाइ यता ब्लड बैंक कता छ?’ ती व्यक्तिले टाउको हल्लाउँदै आफूलाई थाहा नभएको संकेत गरे।

उनको छेउमा उभिएका एक यात्रुले भने,‘यतातिर त ब्लड बैंक छैन।’ अर्का यात्रुले भने,‘ तपाई उल्टो गाडीमा चढ्नु भयो, यहिँ झरेर नेपाल यातायात चढेर बालकुमारी जानुस्।’ रगतको खोजीमा हिडेका उनी यात्रुहरुको जवाफले आत्तिए।

‘हतार छ अस्पताल छिट्टै पुग्नु पर्ने, अब कहाँ जाने होला? कसैलाई थाहा भए बताइदिनुस् न’ भन्दै उनी गाडीमै हारगुहार गर्न थाले।

उनको यस्तो अवस्था देखेर एकजना यात्रु उनको नजिकै गएर पुल्चोकमा ब्लड बैंक भएको जानकारी गराए। त्यतिन्जेलसम्म बस थापाथलीबाट हरिहरभवन पुगिसकेको थियो। उनी हतार–हतार बसबाट ओर्लिए। आफन्तको उपचार गराइरहेका उनी स्वयम्भूबाट रगतको खोजीमा हिडेका थिए।

बिरामीका लागि रगत एक आकस्मिक औषधी जस्तै हो। बिरामीलाई चाहिएको समयमा रगत उपलब्ध भएन भने बिरामीको ज्यान जान सक्छ। अस्पतालले बिरामीलाई रगत चाहिएको समयमा प्रदान जरुरी हुन्छ।

रगतको खोजीमा भौताएका उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। अस्पतालहरुमा रगतको अभावमा मृत्युसँग संघर्ष गरिरहेकाहरु कयौँ छन्। बिरामीका आफन्तले जसो तसो रगतको जोहो गर्दै आएका छन्। कतिपयलाई त रगत कहाँ पाइन्छ भन्ने पनि थाहा हुँदैन। नेपालमा रगतको लागि भरपर्दो ठाउँ नभएका करण कतिपय बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ।

शल्यक्रिया हुने अस्पतालहरुमा ब्लड बैंक हुनु जरुरी हुन्छ। तर नेपालमा अहिलेसम्म चारवटा अस्पतालमा मात्रै यस्तो व्यवस्था रहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार सर्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अस्पतालहरुले रगतको जथाभावी प्रयोग गरिरहेको उल्लेख छ।

नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक कति रगत खपत हुन्छ भन्ने एकिन तथ्यांक त छैन तर चिकित्सकहरुको भनाईलाई आधार मान्ने हो भने वीर अस्पताल नेपालमा सबभन्दा बढी रगत खपत हुने अस्पताल हो। तर पनि यहाँ अहिलेसम्म ब्लड बैंकको व्यवस्था छैन।

नेपाल सरकारले सन् २०१८ देखि रगत कहाँ कति प्रयोग भयो र रक्तदाताले रक्तदान गरेदेखि बिरामीलाई रगत दिने समयसम्मको सम्पूर्ण विवरण अध्ययन गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको छ।

जस अन्तर्गत अहिलेसम्म सरकारी र निजि गरेर चारवटा अस्पतालमा यो कार्यक्रम सुरु गरिएको रक्तसञ्चार ब्युरोकी पूर्व निर्देशक डा. गीता शाक्यले बताईन्। यी चार अस्पताल बाहेक परोपकार प्रसूति गृह, गंगालाल हृदयरोग केन्द्र, र नेपाल क्यान्सर अस्पताल र ओम अस्पतालले रक्तसञ्चारबारे सम्पूर्ण रिपोर्ट पठाउने गरेका छन्।

उपत्यकाका अधिकांश अस्पतालहरुमा विरामीका लागि कति रगत प्रयोग गरियो, कस्तो प्रकृतिको विरामीलाई धेरै रगत प्रयोग गरिन्छ भन्ने कुनै तथ्याङ्क नभएको डा. शाक्यले बताईन्। उनका अनुसार सरकारी र निजी गरी चारवटा अस्पतालबाट रगत प्रयोगको स्याम्पल सुरु गरिएको भएता पनि अन्य अस्पतालहरुमा कति रगत प्रयोग भइरहेको छ, कति ट्रान्सफिउजन भइरहेको छ भन्ने रेकर्ड छैन। यस्ताे रेकर्ड राख्न अति आवश्यक भएको डा. शाक्यको भनाई छ।

रक्तदाताले बिरामीका लागि दिएको रगत शंकास्पद लागेर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएका १२ वटा रगतका स्याम्पल मध्ये एउटामा भिरिंगी अनि अर्कोमा एचआईभी भेटिएको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताइन्।

रक्तदाताले यस्तो कुरामा लापरवाही गर्ने चिकित्सकहरुले बताएका छन्। कुनै पनि व्यक्तिले रगत दिनु वा रगत लिनु मात्रै ठूलो कुरा होइन, बिरामीलाई दिइएको रगत स्वस्थ छ कि छैन भन्ने कुरा प्रमूख हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?