अधिकृतको अकस्मात सरुवामा हल्दीबारीका अध्यक्ष रउपाध्यक्षको आपत्ति

अधिकृतको अकस्मात सरुवामा हल्दीबारीका अध्यक्ष रउपाध्यक्षको आपत्ति
+
-

विर्तामोड – झापाको हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको अकास्मात सरुवा निकालेको भन्दै उक्त गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संघीय सरकारप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनीहरु उक्त सरुवा रोकिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीबार पत्रसमेत लेखेका छन्। दुई दिन अघि मन्त्रालयले अधिकृत घिमिरेको स्थानमा चित्र गुरागाईंलाई पदस्थापन गरेको सूचना प्रकाशित गरेको थियो।

तर एक जना दक्ष कर्मचारीले गाउँपालिकाको कामलाई ट्र्याकमा ल्याउन प्रयत्न गरिरहेको बेलामा हचुवाको भरमा उनको सरुवा गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन तथा उपाध्यक्ष डम्बर गिरीले आपत्ति गरेका हुन्।

हल्दीबारी गाउँ कार्यपालिकाको कार्यालयले गरेका कामको सवत्र चर्चा छ। सबै काम कानुन बनाएर विधिवत रुपमा थालनी गरेको अध्यक्ष तथा उपाध्यक्षको दावी छ।

अध्यक्ष लिङदेन भन्छन्, ‘मेरो राजनीतिक पृष्ठभूमि र उपाध्यक्षज्यूको राजनीतिक पृष्ठभूमि अलगरअलग छ। सुरुमा हामीबीच महिनौँ दिनसम्म बोलचाल नभएको अवस्था थियो। तर सन्तोषजी आएपछि सबै कुरा मिल्यो। त्यसमा उहाँको ठूलो योगदान छ। तर एउटा आर्थिक वर्ष पनि बस्न नदिने यो कस्तो नियम हो संघीय सरकारको?’

बिना बाहिरी सहयोग गाउँपालिकाका सभाले पारित गरेका प्रायः कानुन अधिकृत घिमिरेले ड्राफ्ट गरेर बनाएका कानुनको स्मरण गर्दै उपाध्यक्ष डम्बर गिरीले उक्त सरुवा रोक्न आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने बताएका छन्।

गिरीले भने, ‘यो हल्दीबारी गाउँपालिकालाई असफल बनाउने नियतले संघीय सरकारले काम गरेको छ। हामी अदालतसम्म पुग्न बाध्य हुनेछौँ।’

उक्त गाउँपालिकाले किसानलाईसमेत लागत साझेदारीमा काम गर्ने वातावरण बनाइ काम अगाडि बढाइरहेको उक्त गाउँपालिकाका पदाधिकारी बताउँछन्।

तत्कालिन नेकपा एमालेबाट जितेका उपाध्यक्ष गिरी भन्छन्, ‘पार्टीमै यो विषयमा निकै ठूलो चलखेल भएको हो भन्ने लागेको छ। गाउँपालिकाको हितका लागि मैले काम गर्ने हो। एउटा कर्मचारीलाई नियतबस सरुवा गर्नु भनेको कर्मचारीमाथि अन्याय र गाउँपालिकालाई भट्टा बसाउने काम हो।’

उक्त गाउँपालिकाका अध्यक्ष राप्रपाबाट निर्वाचित हुन् भने उपाध्यक्ष तत्कालिन एमालेबाट। घिमिरे आउन अघि दुईबीच बोलचाल नभएको अध्यक्ष रविन्द्र लिङदेनले बताए। उनले भने, ‘हामीलाई काम गरेर देखाउनुपर्छ भनेर बाटो देखाउने पनि सन्तोषजी नै हो।’

गाउँपालिकामा आउन लागेका गुरागाईं निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईंका भाइ हुन्।

तर अधिकृत सन्तोष घिमिरेले सरकारले गरेको सरुवा गरेको निर्णय स्वभाविक भएको बताए। उनले सरकारले गरेको निर्णयमा कुनै दुःख नभएको र सरकारले खटाएको स्थानमा जाने प्रतिक्रिया दिए।

उनले भने, ‘सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ त्यहाँ जानुपर्छ र दक्षताका साथ काम गर्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?