कर्णालीको विकास मेरुदण्ड

जमुनाहा–हिल्सा द्रुतमार्गको प्रारम्भिक अध्ययन पूरा

जमुनाहा–हिल्सा द्रुतमार्गको प्रारम्भिक अध्ययन पूरा
+
-

सुर्खेत–जमुनाह–हिल्सा द्रुतमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनी (सीआईईसी) को प्राविधिक टोलीले चार महिना लगाएर प्रारम्भिक अध्ययन सकेको हो ।

बाँकेको जमुनाहा हुँदै तिब्बतको ताक्लाकोटसम्म सडक सञ्चालन गर्न चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको थियो । गत कार्तिक २७ गतेदेखि प्रारम्भिक अध्ययन थालिएको दु्रतमार्गको पहिलो चरणको काम सकिएको छ ।

प्रारम्भिक चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हिल्सासम्मको अध्ययन गरिएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनबाट उक्त द्रुतमार्ग निर्माण गर्न सकिने निष्कर्ष अध्ययन टोलीले निकालेको छ ।

रेलवे कम्पनीका प्रतिनिधिहरूद्वारा स्थलगत रूपमा गरिएको अध्ययनपछि बनाइएको प्रतिवेदनमा द्रुतमार्ग निर्माण गर्न सकिने जनाइएको छ ।

टोलीले सबैभन्दा पहिला यहाँको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो । सडकले छुने क्षेत्रको भौगोलिक अवस्था राम्रो देखिएको जनाइएको छ । प्रारम्भिक अध्ययन सकारात्मक देखिएकाले प्रदेश सरकारको प्राथमिकतामा परेको दु्रतमार्ग निर्माण हुने अपेक्षा गरिएको छ । दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनेछ । दक्षिणमा भारत र उत्तरमा चीनसँग सडकमार्ग विस्तार हुनेछ ।

प्रारम्भिक अध्ययनका क्रममा प्राविधिक टोलीले सुर्खेत–हिल्सा जोड्न चार सय तीन किलोमिटर रहेको प्रतिवेदन तयार पारेको छ । उक्त मार्ग निर्माण भएपछि पाँचदेखि १० घण्टामा सुर्खेत–हिल्सा पुग्न सकिने अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रथम चरणको काम सम्पन्न गरेको निर्माण कम्पनीले प्रदेशस्थित सरोकारवालासँग छलफल समेत गरेको छ । प्राविधिक टोलीले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्री, सभामुख राजबहादुर शाही, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मी र आयोगका सदस्य, प्रदेश सभाका सांसद, विषयगत मन्त्रालयका सचिव लगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो ।

छलफलका क्रममा दु्रतमार्ग निर्माणका लागि आवश्यक सुझावसमेत लिइएको प्रदेशसभा सदस्य धर्मराज रेग्मीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अध्ययन सकिए लगतै दोस्रो चरणको काम सुरु हुनेछ ।

दोस्रो चरणमा निर्माण कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्य अघि बढाउनेछ । प्रदेशमा लगानी भित्राउन संघीय सरकारबाट अनुमति लिइसकेकाले अब दोस्रो चरणको काम अगाडि बढ्ने जनाइएको छ ।

दोस्रो चरणमा लगानीको लागत अनुमान, समयवाधि, गुणस्तर लगायतका विषयमा अध्ययन गरिने छ । सांसद रेग्मीका अनुसार प्रदेश सरकारले संघीय सरकारको अर्थ मन्त्रालयबाट डीपीआरका लागि अनुमति लगिसकेको छ । त्यसैले पनि तत्कालै डीपीआर तयार पार्ने प्रक्रिया अघि बढ्नेछ ।

दु्रतमार्ग निर्माणमा लगानी गर्न प्रदेश सरकार र चिनियाँ कम्पनीबीच भएको सम्झौता अनुसार काम अगाडि बढाइएको हो । दु्रतमार्गबाट कम समयमा पर्यटकदेखि व्यापारीसम्म हिल्सा पुग्न सक्ने भएकाले कर्णालीको समृद्धि जोडिएको सांसद रेग्मीले बताए ।

नेपालकै दु्रतमार्ग निर्माण भए उत्तरी मुलुक चीन र दक्षिणमा भारतसँग कर्णाली प्रदेश जोडिने छ । प्रारम्भिक अध्ययनमा सात जनाको प्राविधिक टोली खटिएको थियो ।

कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै हिल्सा–जमुनाह द्रूतमार्गलाई प्राथमिकतामा राखेको थियो । सोही आधारमा गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीन भ्रमण क्रममा द्रूतमार्ग निर्माणका लागि चिनियाँ सरकारी टोलीसँग प्रारम्भिक समझदारी गरेका थिए ।

संघीय सरकारले चिनियाँ कम्पनीलाई सर्भे गर्न स्वीकृति दिएपछि कर्णालीवासीको दू्रतमार्ग निर्माण सपनाको ढोका खुलेको हो । त्यसअघि
प्रधानमन्त्री केपी ओलीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा कर्णाली आर्थिक करिडोर विकासका लागि चीनले सम्भाव्य सहयोग गराउने सहमति भएको थियो ।

हिल्सासम्म द्रूतमार्ग निर्माण हुन सके विकासमा पछाडी परेको कर्णाली समृद्धिको आधारका रूपमा प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारले यो आयोजनालाई कर्णालीको विकासको मेरुदण्डको रूपमा व्याख्या गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?