
विर्तामोड-आमा रत्नराज्यदेवी शाहको स्वास्थ्यमा सुधार आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पुनः झापा फर्किएका छन्।
आमा रत्नको स्वास्थ्यमा अचानक समस्या आएपछि झापा बसाई वीचमै स्थगित गरेर काठमाडौं फर्किएका पुर्व राजा ज्ञानेन्द्र शाह आईतबार पुन पुर्वी नेपाल आएका हुन्। उनी श्री एयर लाइन्सको विमानबाट झापा आएका हुन्।
तराईका विभिन्न जिल्लाको भ्रमण तालिका निकालेका पूर्व राजा शाहले आमाको स्वास्थ्य विग्रिएपछि सबै रद्द गरेर काठमाडौं फर्केका थिए। झापा फर्के लगत्तै उनको भ्रमण तालिका सार्वजनिक गरिने उनका सहयोगी फणिराज पाठकले बताए।
पाठकले भने, ‘सोमबार भ्रमण तालिका सार्वजनिक हुन्छ।’ज्ञानेन्द्रले वर्षमा एकपटक विदा मनाउन झापामा केही समय बिताउने गरेका छन्।
पूर्व राजा शाह धनुषा, सप्तरी, उदयपुरलगायतका जिल्ला जाने कार्यक्रम छ।अचानक मुटुमा समस्या देखिएपछि रत्नलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।