झापा गोल्डकपमा आर्मीको ह्याट्रिक

झापा गोल्डकपमा आर्मीको ह्याट्रिक
+
-

विर्तामोड- मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ। यस पटकको उपाधिसंगै आर्मीले झापा गोल्डकपको तेस्रो उपाधि चुमेको हो।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा आर्मीले आयोजक झापा ११ लाई ५-३ गोल अन्तरले पराजित गर्दै झापालाई उपविजेतामा सीमित पारिदियो।

प्रतियोगिताको विजेता आर्मीले नगद १२ लाख ५५ हजार हात पारेको छ भने उपविजेता झापाले छ लाख पाँच हजारमा चित्त बुझाएको छ।

फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले १५ हजार नगद प्राप्त गरे।

प्रतियोगिताका उदीयमान खेलाडी झापाका निशान्त खड्का घोषित भए। उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका कोच चुनबहादुर थापा घोषित भए। उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए भने सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठलाई नगद २५ हजार प्रदान गरियो।

द मस्ट भ्यालुएबल प्लेयरको उपाधि झापाका झापाका दिलेन लोकतामले पाए। उनले यामाहा मोटरसाइकल पाए। यस बर्ष लाइफ टाइम अचिभ्मेन्ट अवार्ड झापाका पूर्व खेलाडी नरेन्द्रमणि लिम्बुलाई प्रदान गरियो। उनलाई एउटा यामाहा मोटरसाइकल प्रदान गरियो।

आयोजक झापा–११, तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै केमरुनको दाउफिन्स, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकेडेमीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?