सुर्खेत– कर्णाली प्रदेशमा स्वयंसेवक बनेर काम गर्नका लागि दुई हजार भन्दा बढी युवाहरू इच्छुक भएका छन्।
प्रदेश सरकारले माग गरेका दुई सय २७ जना स्वयंसेवकका लागि दुई हजार एक सय २३ जनाले आवेदन दिएका छन्। सरकारले पहिलो चरणमा कर्णालीका १० जिल्लाका लागि विभिन्न प्राविधिक क्षेत्रका स्वयंसेवक माग गरेको थियो।
जसमा हेल्थ असिस्टेन्टमा एक सय १५, अहेवमा आठ सय ५३, स्टार्फ नर्समा ३५, अनमीमा दुई सय १९, रेडियो ग्राफरमा ६ जना, ल्याव असिस्टेन्टमा एक सय ६५, प्रशिक्षकमा १८ जना, सिभिल इन्जिनियर सात जना, सिभिल सव–इन्जिनियरमा ८६, असिस्टेन्ट सव इन्जिनियरमा एक सय ९ जनाले आवेदन दिएका छन्।
यस्तै भुगर्वविद्मा दुई जना, कृषि जेटिएमा तीन सय ३३, भेटनेरी जेटीयमा एक सय ७५ जनाबाट आवेदन परेको तालिम केन्द्र सुर्खेतका प्रमुख धर्मजीत शाहीले जानकारी दिए। उनका अनुसार सरकारले आवेदकहरूलाई आगामी चैत्र ३ गते अन्तरवार्ताका लागि बोलाएको छ।
सम्बन्धित जिल्लाबाट आवेदन भरेका उम्मेदवारहरूको अन्तरवार्र्ता दश वटै जिल्ला सदरमुकाममा हुनेछ। शैक्षिक तालिम केन्द्र सुर्खेतले सूचना प्रकाशन गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा स्वयंसेवकहरूको अन्तरवार्ता हुनेछ।
सुर्खेतको हकमा भने शौक्षिक तालिम केन्द्रमा नै अन्तरवार्ता लिइनेछ। उनले मेडिकल अफिसरमा आवेदन नपरेको बताए। ‘मेडिकल अफिसरका लागि आवेदन शून्य छ’ उनले भने। फागुन १० गतेदेखि २५ गतेसम्मको म्याद दिएर सरकारले दश जिल्लाबाट अनलाइनमार्फत स्वयंमसेवा गर्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको थियो।
प्राविधिक र अप्राविधिकतर्फ स्वयंसेवक परिचालन गर्ने योजना बनाएको मन्त्रालयले पहिलो चरणमा प्राविधिकतर्फ स्वयंमसेवक माग गरेको हो।
प्रदेश सरकारले ‘क’ वर्गका डोल्पा, मुगु र हुम्ला जिल्लामा २८/२८ जना स्वयम्सेवक परिचालन गर्ने तयारीमा छ। ‘ख’ वर्गको जुम्ला र कालिकोट जिल्लामा २४/२४ जना र जाजरकोटमा २३ जना स्वयम्सेवकको दरबन्दी कायम गरिएको छ।
यस्तै, ‘ग’ वर्गका पश्चिम रुकुम र दैलेखमा २१/२१ जना र सल्यान जिल्लामा १८ जना स्वयम्सेवक परिचालन गर्नेछ। सुर्खेतमा भने १५ जना स्वयम्सेवक परिचालन हुनेछन्।
कार्यविधि अनुसार प्रदेश सरकारले स्वयंसेवकलाई जीवन निर्वाह भक्ता दिने छ। वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ। स्वयम्सेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको छ। स्नात्तकोत्तर उत्तीर्ण भएको प्राविधिक र अप्राविधितर्फको स्वयम्सेवकले १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म भत्ता पाउनेछन्।
यस्तै, स्नातक तह उत्तीर्ण गरेका प्राविधिक स्वयम्सेवकले १९ हजार दुई सय देखि २१ हजार ६ सयसम्म भत्ता पाउने व्यवस्था कार्यविधिले गरेकोे छ। अप्राविधिक स्वयम्सेवकले १८ हजारदेखि २० हजार चार सयसम्म भत्ता पाउनेछन्। उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयम्सेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ।
यस्तै, प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चारसयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ। कार्यविधिमा वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको हो।
जिल्लास्थित कार्यालय तथा स्थानीय तहमा कार्यरत स्वयंसेवकले प्रत्येक महिनाको हाजिरी र मासिक रूपमा गरेको कार्यसम्पादनको प्रतिवेदन कार्यालय प्रमुखबाट प्रमाणित गराई अनिवार्य रूपमा सचिवालयमा पठाउनुपर्नेछ।
सोही आधारमा भत्ता उपलब्ध गराइनेछ। स्वयंसेवकले वर्षमा २० दिन वार्षिक र आफ्नो रित र परम्परा अनुसार बढीमा १५ दिन किरिया बिदा पाउनेछन्। स्वयंसेवक संयोजकले मासिक पाँच हजार संयोजक भत्ता पाउनेछ भने स्वयम्सेवकलाई चाडपर्व खर्च वापत वार्षिक रूपमा एकमुष्ट १० हजार प्रदान गरिनेछ।
कार्यकारी समितिले स्वयंसेवकको नियुक्ति गर्ने र १५ दिनभित्र नियुक्ति–पत्र नबुझे स्वतः रद्द हुनेछ। नियुक्त भइ न्यूनतम ६ महिना काम गरे पश्चात मात्र प्रदेश सरकारले अनुभवको प्रमाण–पत्र दिनेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































